News Portal

जिल्ला समन्वय उप–प्रमुख विकद्धारा आयोजनाको अन्तिम अनुगमन

डिजिटल संचार संवाददाता२०८१ माघ १५
८७ पटक

जाजरकोट
रुकुमपश्चिम जिल्ला समन्वय उप–प्रमुख देव बहादुर विकले आठबिसकोट नगरपालिका–११, १३ र १४ मा निर्माण गरिएका खानेपानी आयोजना, स्कुल तथा नीजि शौचालयहरुको अन्तिम अनुगमन गरेका छन् । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) को आर्थिक सहयोगमा मेसि कोप्र्स नेपाल र पहाडी क्षेत्र विकास अभियान, जाजरकोटको प्राविधिक सहयोगमा संचालित एकीकृत पुनर्लाभ कार्यक्रमले निर्माण गरेका खानेपानी आयोजना र स्कुल तथा नीजि शौचालयहरुको सनिबार अन्तिम अनुगमन गरेका हुन ।

जिल्ला समन्वय उप–प्रमुख विकसंगै खानेपानी, सिंचाइ तथा उर्जा विकास कार्यालय रुकुमपश्चिका प्रतिनीधि राकेश केसी, आठबिसकोट नगरपालिकाका सबइन्जिनियर नागेन्द्र कुमार मण्डल, युनिसेफका प्रतिनीधि ज्ञानेन्द्र महर्जन, पहाडी क्षेत्र विकास अभियान जाजरकोटका कार्यक्रम संयोजक रत्न डाँगी, इन्जिनियर आकाश परियार लगाएतको टोलीले उक्त आयोजनाहरुको अन्तिम अनुगमन गरेको थियो । आठबिसकोट नगरपालिका वडानं. ११ को चौर स्थित समावेशी टोलबाट सुरु गरिएको अनुगमन फारुल्ला, चिसापानी, भल्म, बाँके ज्युला, ज्यामिरकोटसम्मका खानेपानी आयोजना, मर्मत तथा नवनिर्मित शौचालयहरुको टोलीले अनुगमन गरेको थियो ।


भुकम्पले जिल्लाको सबै भन्दा बढि मानविय तथा भौतिक क्षेति व्यहोरेको आठबिसकोट नगरपालिका–११, १३ र १४ का नागरिकहरुका लागि एक घर एक धाराको अबधारणा सहित खानेपानी आयोजना, विद्यालय तथा नीजि शौचालय निर्माणमा सहयोग गरेकोमा युनिसेफ, पहाडी क्षेत्र विकास अभियान, जाजरकोटलाइ जिल्ला समन्वय समितिका उप–प्रमुख विकले धन्यवाद दिए । मानव सभ्यताको सुरुवात पानीको उपयोगबाट भएको बताउदै उप–प्रमुख विकले एकीकृत पुनर्लाभ कार्यक्रमको सहयोगमा निर्माण गरिएका खानेपानी आयोजना र शौचालयहरुको दीगो उपयोगका लागि स्थानीयहरुले सचेतता अपनाउनुपर्ने भनाइ राखेका थिए ।

युनिसेफको आर्थिक सहयोगमा आठबिसकोट नगरपालिकाको वडा नं. ११, १३ र १४ मा १४ वटा खानेपानी योजना निर्माण गरेको पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटका कार्यक्रम संयोजक रत्न डाँगीले जानकारी दिए । कार्यक्रम संयोजक डाँगीले दिएको जानकारी अनुसार १४ वटा खानेपानी आयोजनाबाट १ हजार ६६ घरधुरीमा रिडिङ्ग मेशिन जडित धारा निर्माण गरिएको छ । ९ वटा विद्यालयमा बालमैत्री खानेपानी धारा निर्माण गर्नुको साथै छात्रा तथा अपाङ्गतामैत्री शौचालय निर्माण गरिएको छ । विद्यालयमा निर्माण गरिएका बालमैत्री खानेपानी धारा, छात्रा तथा अपाङ्गता मैत्री शौचालयबाट २ हजार २३३ जना विद्यार्थीहरु लाभाम्बित भएको कार्यक्रम संयोजक डाँगीले बताए । त्यसै गरी कार्यक्रमले उक्त तीन वटा वडामा ७०० नीजि शौचालय मर्मत र ४९० नीजि शौचालय निर्माणमा सहयोग गरेको कार्यक्रम संयोजक डाँगीले बताएका छन् ।

छोटो समयमा धेरै खानेपानी आयोजना र छात्रा, बाल तथा अपाङ्गतामैत्री स्कुल तथा नीजि शोचालय निर्माण गर्न सक्नुनै एकीकृत पुनर्लाभ कार्यक्रमको मुख्य उपलब्धी भएको युनिसेफका प्रतिनीधि ज्ञानेन्द्र महर्जनले भनाइ राखेका थिए । माइल इष्टोनका रुपमा निर्माण गरिएका खानेपानी आयोजना र स्कुल तथा नीजि शौचालयहरुको दीगो उपयोगी बनाउनुनै अबको मुख्य चुनौति भएको महर्जनले बताए । कुनै पनि आयोजना न्युनतम २० बर्षसम्म संचालन हुनुपर्ने महर्जनले भनाइ राखेका थिए ।

प्रतिकृया दिनुहोस्