आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नलगाड नगरपालिकामा ३ जनालाई कोरोना पुष्टी

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/१६ गते
जाजरकोट

२४ घण्टाको समयमा नलगाड नगरपालिकामा गरिएको परीक्षणबाट तीन जनालाई कोरोना पुष्टी भएको छ । आईतबार ९ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट तीन जनालाई कोरोना पुष्टी भएको हो ।

हालसम्म नलगाड नगरपालिकामा ११३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ५९ जनालाई कोरोना पुष्टी भएको नलगाड नगरपालिकाले जनाएको छ । नलगाड नगरपालिकाले आईतबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरण अनुसार हालसम्म २१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने, आईतबार २९ जना सक्रिय संक्रमित रहेका छन् । २९ जना सक्रिय संक्रमितहरु मध्ये २० जनाले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, ९ जनाले नगरपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् । नलगाडमा हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ भने, ७ जनालाई थप उपचारको लागि रिफर गरिएको दैनिक प्रतिवेदन विवरणले देखाएको छ ।

बारेकोटमा ५ जना डिस्चार्ज, १४ जनालाई कोरोना पुष्टी
बारेकोट गाउँपालिकामा २४ घण्टाको समयमा ५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् भने, १४ जनालाई कोरोना पुष्टी भएको छ ।

बारेकोट गाउँपालिकामा आईतबारसम्म कोरोना मुक्त भएर डिस्चार्ज हुनेहरुको संख्या ३५ पुगेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्साका कोभिड–१९ फोकल पर्सन मोहन श्रेष्ठले जानकारी दिएका छन् । श्रेष्ठले दिएको जानकारी अनुसार हालसम्म २४४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ८५ जनालाई कोरोना पुष्टी भएको छ । आईतबार बारेकोटमा ५० जना सक्रिय संक्रमित रहेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख गरिएको छ । प्रतिवेदन बिबरणका अनुसार आईतबार १७ जना सक्रिय संक्रमितले गाउँपालिकाको आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् भने, ३३ जना सक्रिय संक्रमितले होम आईशोलेसनमा रहेर उपचार गराई रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयले दैनिक प्रकाशन गर्दै आएको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरण आईतबार प्रकाशन गरेको छैन् । त्यसैगरी नलगाड र बारेकोट बाहेकका अन्य पालिकाहरुले पनि आईतबार दैनिक प्रतिवेदन विवरण सार्वजनिक गरेका छैनन् ।

प्रतिकृया दिनुहोस्