News Portal

भेरी नगरपालिकाको आयोजनामा होटल व्यवस्थापन तालिम सम्पन्न

१५ पटक

जाजरकोट
भेरी नगरपालिकाको आयोजनामा होटल व्यवस्थापन तालिम सोमबार सम्पन्न भएको छ । स्थानीय रैथाने खाना प्रवद्र्धन गर्न भेरी नगरपालिकाले एक हप्ते होटल व्यवस्थापन तालिम संचालन गरेको थियो ।

“सीप सिकौं, आत्म निर्भर बनौं ।” भन्ने नारा सहित भेरी नगरपालिकाले गत जेठ २७ गतेदेखि होटल व्यवस्थापन तालिम सुरु गरेको थियो । महिला उद्यमशिलतालाइ प्रवद्र्धन गर्ने उदश्यले होटल व्यवस्थापन तालिमको आयोजना गरिएको भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसीले जानकारी दिइन् । तालिमले स्थानीय रैथाने खानाका परिकारहरुको प्रवद्र्धन गर्न उत्प्रेरणा पैदा गरेको उप–प्रमुख जैसीले भनाइ राखेकी थिइन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ भेरी नगरपालिकाको समन्वयमा संचालन गरिएको होटल व्यवस्थापन तालिममा २९ जना सहभागी दिक्षित भएको भेरी नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सारदा शर्माले जानकारी दिएन् । महिला उद्यमशिलतालाइ प्राथमिकतामा राखिएको तालिममा महिला सहभागीकै बाहुल्यता रहेको शाखा प्रमुख शर्माको भनाइ रहेको छ ।

होटल व्यवस्थापन सम्बन्धि विभिन्न देशको अनुभव हासिल गरिसकेका लवेश बोहराले सहभागिहरुलाइ सात दिनसम्म होटल व्यवस्थापन सम्बन्धि सैद्धान्तिक पक्षको अध्ययन गराउनुको साथै व्यवहारिक अभ्यास गराएर तालिम सम्पन्न गराएका थिए । जिल्ला सदरमुकाम खलंगाको न्युरोड स्थित न्यु शुभ होटलमा आयोजित तालिमको समापन कार्यक्रममा भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृत पुनले तालिम प्राप्त सहभागीहरुलाइ बधाइ तथा शुभकामना दिएका थिए । औपचारिक कार्यक्रमको संचालन नगर शिक्षा शाखामा कार्यरत स्रोत शिक्षक प्रेम केसीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्