News Portal

बिषालु च्याउ खाँदा तीन बालबालिका बिरामी

५ पटक

जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका–४ पिपलचौरका एकै परिवारका तीन बालबालिका बिषालु च्याउ खाँदा बिरामी परेका छन् । मगबहादुर सिंहका १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह बिषालु च्याउ खाँदा बिरामी परेका हुन् ।

सालघारी जंगलबाट टिपेर ल्याइएको च्याउ खाएपछि बालबालिको स्वास्थ्य समस्या देखिएको स्थानीय नवराज शर्माले जानकारी दिए । स्वास्थ्यमा असर देखिएपछि तीनै जनाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ ।

उपचारमा संलग्न डाक्टर नवीन ध्यारका अनुसार खाएको च्याउ बिषालु भएको आशंका गरिएको छ । अहिले तीनै बालबालिकाको अवस्था सामान्य बन्दै गएको उनले बताए ।

प्रतिकृया दिनुहोस्