News Portal

जाजरकोटको नलगाडमा करेन्ट लागेर हेल्परको मृत्यु

५८ पटक

जाजरकोट
नलगाड नगरपालिका–४ गाँडेखोलामा करेन्ट ललागेर एक जना हेल्परको मृत्यु भएको छ । सोमबार विहान विद्युत लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर हेल्परको मृत्य भएको हो ।

करेन्ट लागेर मृत्यु हुनेमा नलगाड नगरपालिका– ७ निबासी २२ बर्षिय शिशिर चन्द रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रका अनुसार काम गर्नका उनी हेल्परको रुपमा खटिएका थिए ।

मृतकका आफन्तले भने विद्युत कार्यालयको कमजरोरीका कारण मर्मत गर्दागर्दै लाइन छोडेर करेन्ट लागेर ज्यान गएको बताएका छ । पीडित परिवारले क्षतिपुर्तीको माग गरेका छन् ।

घटना स्थलबाट पोस्टमार्टमको लागि नलगाड नगर अस्पताल तर्फ लास लगिएको प्रहरीले जानकारी दिएको छ । नेपाल विद्युत प्राविधिकरण जाजरकोट वितरण केन्द्र र पीडित परिवार बीच छलफल चलिरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्