News Portal

टालेगाउँ स्वास्थ्य चौकीले विदाइ ग¥यो सेवा निवृत्त सिअनमिको

८१ पटक

जाजरकोट
कुशे गाउँपालिका–२ टालेगाउँ स्थित स्वास्थ्य चौकीले सेवा निवृत्त सिअनमिको विदाइ गरेको छ । सोमबार एक विशेष कार्यक्रमको आयोजना गरेर सेवा निवृत्त सिअनमिको स्वास्थ्य चौकीले विदाइ गरेको हो ।

३२ बर्ष एउटै स्वास्थ्य चौकीमा सेवा गरेर सेवा निवृत्त सिअनमि हृदय कुमारी सिंहलाई स्वास्थ्य चौकीले सोमबार विदाइ गरेको स्वास्थ्य चौकी इन्चार्ज शेर बहादुर बस्नेतले जानकारी दिए । २०५० साल भदौ २२ गते सेवा प्रवेश गरेकी सिअननमि हृदय कुमारी सिंह २०८२ असार ११ गते पदावधि सकिएको थियो ।

सोमबार एक विशेष कार्यक्रमको आयोजना गरेर स्वास्थ्य चौकीले सिंहलाइ विदाइ गरेको छ । विदाइ कार्यक्रममा स्वास्थ्य चौकीले सिंहलाइ सम्मान–पत्र, मायाको चिनो स्वरुप झोला, टर्च, छाता, सोल लगाएतका सामाग्री हस्तान्तरण गरेर विदाइ गरेको थियो ।

विदाइ कार्यक्रम कुशे गाउँपालिका–२ का वडा अध्यक्ष मान बहादुर सिहको अध्यक्षतामा आयोजना गरिएको थियो । कार्यक्रममा वडा सदस्य पृथ्वी बहादुर सिंह, काँग्रेस नेता कल्दर सिंह, शिक्षक सुरेन्द्र बहादुर सिंह, धन बहादुर सिंह, धेरेद्र बहादुर सिंह, बहँुक्षेत्रीय पोषण सहज कर्ता बिष्णु नेपाली, नेकपा (माओवादी केन्द्र) कुशे–१ वडा समिति अध्यक्ष जनक बहादुर बस्नेत, फेज नेपालका फिल्ड अधिकृत दिनेश सुनार, महिला सञ्जाल अध्यक्ष राधिका शर्मा, सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका राजिन्दा शाही, सस्थापक तप्त बहादुर सिंह लगाएतका ब्यक्तिहरुले शुभ–कामना मन्तव्य राखेका थिए । स्वास्थ्य चौकी इन्चार्ज शेर बहादुर बस्नेतले बिदाइ तथा सम्मान कार्यक्रम संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्