News Portal

जिल्ला स्तरीय बार्षिक स्वास्थ्य सेवा समिक्षा कार्यक्रम सम्पन्न

३४९ पटक

स्वास्थ्य सेवा प्रवाहमा नलगाड नगरपालिका प्रथम
जाजरकोट
जाजरकोटमा जिल्ला स्तरीय बार्षिक स्वास्थ्य सेवा समिक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको आयोजनामा जिल्ला स्तरीय बार्षिक स्वास्थ्य सेवा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

स्वास्थ्य सेवा कार्यालयको सभाहलमा बुधबारदेखि बिहिबारसम्म स्वास्थ्य सेवाको जिल्ला स्तरीय बार्षिक समिक्षा कार्यक्रम संचालन गरिएको थियो । जिल्लाका सात वटै स्थानीय तहका स्वास्थ्य शाखा र स्वास्थ्य सेवा कार्यालयबाट प्रवाह गरिएको स्वास्थ्य सेवाको तुलनात्मक बिश्लेषण गर्न बार्षिक समिक्षाको आयोजना गरिएको थियो ।

आर्थिक बर्ष २०८१÷०८२ मा स्वास्थ्यका क्षेत्रमा सम्पादन गरिएको कामको मुल्याङ्कण गर्न बार्षिक समिक्षाको आयोजना गरिएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा. सुनिल पुनले बताएका थिए । दुइ दिनसम्म चलेको समिक्षा कार्यक्रममा प्रस्तुत बार्षिक प्रतिवेदनका आधारमा स्वास्थ्य सेवा प्रवाहमा जिल्लाका सात वटै स्थानीय तहहरुमध्ये नलगाड नगरपालिका प्रथम भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार भेरी नगरपालिका दोस्रो भएको छ भने, कुशे गाउँपालिका तेस्रो भएको छ । प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्ने पालिकाका स्वास्थ्य शाखालाइ स्वास्थ्य सेवा कार्यालयले टीका, खाँदा र सम्मान–पत्र प्रदान गरेर सम्मान गरेको छ ।

न्युनतम सेवा मापदण्डका आधारमा जिल्लाकै उत्कृष्ट स्वास्थ्य चौकीमा ८६ नम्बर प्राप्त गरेर भेरी नगरपालिका–९ को भुर स्वास्थ्य चौकी प्रथम भएको छ भने, ८१ नम्बर प्राप्त गरेर जुनीचाँदे गाउँपालिकाको दह स्वास्थ्य चौकी र कुशे गाउँपालिकाको पैंक स्वास्थ्य चौकी द्धितीय भएका छन् ।

त्यसैगरी स्वास्थ्य सेवा तर्फको जिल्लाका सातवटै स्थानीय तहका स्वास्थ्य शाखामा कार्यरत उत्कृष्ट कर्मचारीका रुपमा शिवालय गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत कमल बहादुर बुढा, स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको जनस्वास्थ्य तथा परिवार कल्याण शाखाबाट उत्कृष्ट कर्मचारीमा पब्लिक हेल्थ नर्स मनिला कुमाल, स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको उपचारात्मक शाखाबाट उत्कृष्ट कर्मचारीमा स्टाप नर्स सुमी भण्डारीलाइ छनौट गरिएको थियो । उत्कृष्ट स्वास्थ्य चौकी र स्वास्थ्य सेवाका कर्मचारीलाइ टीका, खादा र सम्मान–पत्र प्रदान गरेर सम्मान गएिको थियो ।

त्यसैगरी वान हार्ड वल्ड वाइटको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले संचालन गरेको मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम, सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले संचालन गरेको किशोर किशोरी मातृ तथा नवजात शिशु स्वास्थ्य परियोजना र सहयात्रा तेस्रो परियोजना, आइ पासको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले संचालन गरेको योनिक प्रजनन् स्वास्थ्य अधिकार परियोजना, केर नेपालको आर्थिक सहयोगमा पहाडी क्षेत्र विकास अभियान जाजरकोटले संचालन गरेको स्याहार परियोजना, स्वास्थ्य बीमा लगाएतका स्वास्थ्य सेवा सुधारका क्षेत्रमा काम गर्दै आएका संस्था र परियोजनाहरुलाइ स्वास्थ्य सेवा कार्यालयले सम्मान–पत्र प्रदान गरेर सम्मान गरेको छ ।

ड्ड स्वास्थ्य सेवा कार्यालय व्यवस्थापक डा. सुनिल पुनको अध्यक्षतामा सम्पन्न बार्षिक समिक्षा कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्री रहेका थिए भने, विशेष अतिथि नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावत, भेरी नगरपालिकाका उप–प्रमुख सिता जैसी, छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, बारेकोट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरी, कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंह, शिवालय गाउँपालिकाका कावा अध्यक्ष जस्विर वली, अस्पताल विकास समितिका अध्यक्ष डम्बर बहादुर सिंह रहेका थिए । त्यसैगरी अन्य अतिथिहरुमा सामाजिक विकास मन्त्रालय सुर्खेतको जनस्वास्थ्य शाखाका तथ्याङ्क विज्ञ तेज दर्लामी, जनस्वास्थ्य शाखाका तथ्याङ्क अधिकृत महेन्द्र प्रसाद ढकाल, वान हार्ड वल्ड वाइट जिल्ला संयोजक नारायण धिताल, वडाअध्यक्षहरु, स्वास्थ्य बीमाका इराजन शाही, विश्व स्वास्थ्य संगठन, युनिसेफका प्रतिनिधीहरु रहेका थिए ।

 

प्रतिकृया दिनुहोस्