News Portal

भेरी नगरपालिकाको आयोजनामा पाँच दिने सह–योग शिक्षक प्रशिक्षण हुदै

५६ पटक

जाजरकोट
भेरी नगरपालिकाको आयोजनामा पाँच दिने सह–योग शिक्षक पशिक्षण हुने भएको छ । पतंजली योग समिति, जाजरकोटसंगको सहकार्यमा भेरी नगरपालिकाले पाँच दिने सह–योग शिक्षक पशिक्षणको आयोजना गरेको हो ।

यही असोज २८ गतेदेखि सुरु गर्न लागिएको सह–योग शिक्षक प्रशिक्षण कार्यक्रम आगामी कातिक १ गतेसम्म संचालन गरिने भेरी नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक दिप बहादुर वलीले जानकारी दिए । पतंजली योग समिति, जाजरकोटको सहकार्यमा संचालन गरिने सह–योग शिक्षक प्रशिक्षण कार्यक्रममा पतंजली योगपीठका केन्द्रीय प्रशिक्षक लोकनाथ खनालले प्रशिक्षण दिने कार्यक्रम तय भएको वलीको भनाइ रहेको छ ।

उक्त सह–योग शिक्षक प्रशिक्षण कार्यक्रममा सुर्खेत र रुकुमपश्चिम जिल्लाका सहभागीहरु पनि सहभागी हुने कार्यक्रम तय भएको जानकारी गराईएको छ । हरेक दिन बिहान ५ बजेदेखि थाप्लेचौर स्थित त्रिभुवन माध्यामिक विद्यालयको सभाहलमा सुरु गरिने सह–योग शिक्षक प्रशिक्षण कार्यक्रम दिउसो ४ बजेसम्म संचालन गरिने बताइएको छ ।

लागु औषध दुव्यर्सन रोकथाम तथा नियन्त्रण गर्न भेरी नगरपालिकाले गत बैसाख ७ गतेदेखि १२ गतेसम्म सह–योग शिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो । उक्त सह–योग शिक्षक प्रशिक्षण कार्यक्रममा जिल्लाका ४३ जना सहभागीले भाग लिएका थिए । यस पटकको सह–योग शिक्षक प्रशिक्षण कार्यक्रम अघिल्लो पटकका सहभागीहरुका लागि पुनर्ताजकीय प्रशिक्षण हुने पतंजली योगपीठले जनाएको छ ।

प्रतिकृया दिनुहोस्