नलगाड नगरपालिकामा सोमबार ४ जनालाई कोरोना पुष्टि भएको छ । सोमबार ५ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ४ जनालाई कोरोना पुष्टि भएको हो ।
हालसम्म नलगाड नगरपालिकामा १७१ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ९० जनालाई कोरोना पुष्टि भएको नलगाड नगरपालिकाले सोमबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा उल्लेख छ । हालसम्म होम आईशोलेसनमा रहेका २० जना र नगरपालिकाको आइशोलेसनमा रहेका १६ जना गरी जम्मा ३६ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ ।
हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ । सोमबार ३६ जना सक्रिय संक्रमित होम आईशोलेसन रहेका छन भने, १० जना सक्रिय संक्रमित नगरपालिकाको आईशोलेसनमा रहेका छन् । सोमबार जम्मा ४१ जना सक्रिय संक्रमितहरुले स्वास्थ्यकर्मीहरुको पत्यक्ष निगरानीमा रहेर उपचार गराई रहेका छन् ।