राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले बिहिबार जाजरकोट जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । १६ औं स्थापना दिवसको अबसरमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, जाजरकोटले जिल्ला अस्पतालमा उपचार गराई रहेका बिरामीहरुलाई फलफुल र स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको हो ।
संघको १६ औं स्थापना दिवसको अबसरमा जिल्ला अस्पतालको आईशोलेसनमा रहेर उपचार गराई रहेका कोभिड संक्रमित र साधारण वार्डमा रहेका बिरामीहरुलाई फलफुलका साथै स्यानिटाईजर, मास्क लगाएतका स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरिएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल कर्णाली प्रदेश कमिटी सदस्य रत्न घर्तीले जानकारी दिएका छन् ।
बिहिबार जिल्ला अस्पतालको साधारण वार्डमा ३ जना विरामी थिए प्रदेश कमिटि सदस्य घर्तीले भने–‘अक्सिजन सिलिण्डर सहितको आईशोलेसन बेडमा ६ जना कोभिड–१९ संक्रमित बिरामी थिए, हामीले सबैलाई फलफुल र स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेका छौं ।’
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले १६ औं स्थापना दिवसको अबसरमा आयोजित फलफुल तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यक्रममा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकास घर्ती पनि सहभागी भएका थिए । फलफुल तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यक्रममा सहभागी नगर प्रमुख घर्तीले अस्पतालको शैयामा रहेर उपचार गराई रहेका सबै बिरामीहरुको स्वास्थ्य लाभको कामना गरेका थिए । विश्वव्यापी कोरोना भाइरसको संक्रमणले मानव जातिको स्वास्थ्य सुरक्षामा चुनौती थपेको बताउदै नगर प्रमसख घर्तीले सबै मानिसको अन्तिम ईच्छा भनेको बाच्न पाउनु नै रहेको बताए । धेरै बर्षसम्म बाच्न पाउनु वा दीर्घजिवी बन्नसक्नु, शुख तथा आरामदायी जीवन विताउन पाउनु र व्यक्तिगत जीवनको चर्चा तथा चौतर्फी प्रशंसाको अपेक्षा राख्नु विद्यमान आधुनिक युगका मानिसको सोचाई रहेको नगर प्रमुख घर्तीले भनाई राखेका थिए । रोग, भोक र विभिन्न खाले युद्ध तथा संघर्षले विद्यमान मानव चहानालाई चुनौती दिई रहेको फलफुल तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख घर्तीले भनाई राखेका थिए । स्वास्थ्य सुरक्षालाई चुनौति दिई रहेको बिश्वव्यापी कोरोना भाईरसको संक्रमणबाट कोही पनि नआतिन अपिल गर्दै नगर प्रमुख घर्तीले जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी सरकाले गर्ने भनाई राखेका थिए ।
उक्त फलफुल तथा स्वास्थ्य सुरक्षा सामाग्री वितरण कार्यक्रममा भेरी नगरपालिकाका नगर स्वास्थ्य शाखा संयोजक खिम पुन, रामेश्वर राना, सुलोचना चन्द लगाएतका अन्य स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।