आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नलगाड नगरपालिकाको आठौं नगरसभा उद्घाटन

५६ करोड ८६ लाख ८४ हजारको बजेट प्रस्तावित

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/३/१० गते
जाजरकोट

नलगाड नगरपालिकाको आठौं नगरसभा बुधबार उद्घाटन भएको छ । नगर प्रमुख टेकबहादुर रावलद्धारा पानसमा बत्ति बालेर औपचारिक रुपमा आठौं नगर सभाको उद्घाटन गरिएको हो ।

नगर उप–प्रमुख बालकुमारी बस्नेतले आठौं नगरसभाको बजेट बक्तव्यमा ५६ करोड ८६ लाख ८४ हजारको बजेट प्रस्तावित गरेकी छन् । उक्त नगरसभामा नगर प्रमुख रावलले आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

नौ दिनसम्म संचालन गरिने आठौं नगर सभामा नगर प्रमुख रावलले प्रस्तुत गरेको २०७८÷०७९ को नीति तथा कार्यक्रममा स्वास्थ्य तथा सरसफाई क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका छन । कृषि पशुपालन तथा रोजगार क्षेत्रलाई प्रमुख रावलले दोस्रो प्राथमिकतामा राखेका छन् । पूर्वाधार विकासलाई प्रमुख रावलले तेस्रो प्राथमिकतामा राखेका छन् । शिक्षा तथा खेलकुद विकास क्षेत्रलाई चौथो प्राथमिकतामा राखेका नगर प्रमुख रावलले यातायात तथा बिद्युत क्षेत्रलाई पाँचौ प्राथमिकतामा राखेका छन् । सिपमुलक कार्यक्रम तथा लक्षित वर्ग क्षेत्रलाई छैटौं प्राथमिकतामा राखेका नगर प्रमुख रावलले साँस्कृतिक प्रबद्र्धन क्षेत्रलाई सातौं प्राथमिकतामा राखेका छन् ।

आव २०७८÷०७९ को लागि आठौं नगरसभामा ५६ करोड ८६ लाख ८४ हजारको अनुमानित बजेट प्रस्ताव गर्दै बजेट बक्तव्य प्रस्तुत गरेकी नगर उप–प्रमुख बस्नेतले चालु खर्चतर्फ ३७ करोड १ लाख ५० हजारको बजेट प्रस्ताव गरेकी छन् । पुँजीगत खर्च तर्फ १९ करोड ८५ लाख ३४ हजारको बजेट प्रस्ताव गरेकी उप–प्रमुख बस्न्ेतले समपूरक कोष तर्फ १ करोड ५० लाखको बजेट प्रस्ताव गरेकी छन् ।

सशर्त अनुदान तर्फको पुँजीगत खर्चमा २ करोड २६ लाख बजेट प्रस्ताव गरेकी उप–प्रमुख बस्नेतले बिभिन्न बिषयगत क्षेत्रलाई समेट्नेगरी ८ करोड ३९ लाखको बजेट प्रस्ताव गरेकी छन् । त्यसैगरी उप–प्रमुख बस्नेतले कन्टनजेन्सी तर्फ ३० लाखको बजेट प्रस्ताव गरेको नगर प्रवक्ता राममाया शाही (हमाल) ले जानकारी दिएकी छन् ।

स्वास्थ्य क्षेत्रको कोभिड–१८ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारलाई प्राथमिकता दिएको बजेटले सबै वडा तथा टोलमा रहेका स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई केन्द्रका भवन निर्माण, औषधी तथा स्वास्थ्य सामाग्री खरिदलाई प्राथमिकता दिएको छ प्रबक्ता शाही (हमाल) ले भनिन्–‘ बिकास बजेटले नगरपालिकाका सबै वडा कार्यालयका भवन, नगर सडक सञ्जालको स्तर उन्नती, खानेपानी, सिंचाई, विद्युतलाई प्राथमिकता दिएको छ ।’

कृषि, पशु पालन तथा रोजगार क्षेत्रमा बजेटले नमुना बस्ती बिकास, कृषि तथा पशुपालनलाई प्रबद्र्धन गर्न छनौट गरिएका पकेट तथा ब्लकका क्षेत्रमा लगानी बिस्तार गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटमा नगर प्रमुख रोजगार कार्यक्रमको बजेटलाई म्याचिङ्ग गरेर संचालन गर्न प्रस्तावित बजेटले प्राथमिकता दिएको छ ।

सुत्केरीसंग उप–मेयर कार्यक्रम अन्तरगत घर–घरम झण्डा, हात–हातमा अण्डा कार्यक्रम संचालन गरेर सुरक्षित मातृत्व तथा नवजात शिशुको मृत्यु दरलाई कम गर्न बजेटले प्राथमिकता दिएको प्रवक्ता शाही (हमाल) ले जानकारी दिएकी छन् ।

बुधबार उद्घाटन भएको आठौ नगर सभामा नगर प्रमुख रावलले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रम र उपप्रमुखले प्रस्तुत गरेको बजेट बक्तव्यमा दफावार छलफल गरेर यहि असार १८ गतेसम्म संचालन हुने नगर सभाले आर्थिक बिधेक र बिनियोजन ऐन–२०७८÷०७९ लाई पारित गर्ने कार्यक्रम रहेको उप–प्रमुख बस्नेतले जानकारी दिएकी छन् ।

प्रतिकृया दिनुहोस्