News Portal

पहिरोले कयौं बिस्थापित, दर्ज बढि सडक अबरुद्ध माया पन्त

५५६ पटक

गत साउन १६ गते जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ बर्षीय खम्बबहादुर रोकायको घर पहिरोले बगायो । उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेका छन । त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर डाँगीको एक घर पहिरोले पुरी दियो भने, अर्काे घर जोखिमा परेको छ । ५ जनाको परिवार त्रिपाल टाँगेर खुल्लाचौरमा बसेको डाँगीले बताए । अहिलेसम्म कतैबाट राहत नपाएको डाँगीले गुनासो गरे ।

पहिरोको कारण बाँसकोटीका गोरख कामी, गोरख विक, प्रताप घर्ती, टकबहादुर पुन, ज्ञानबहादुर कामी, पानबहादुर थापा लगाएत एक दर्जन घर जोखिममा परेका छन । गाउँ माथिबाट पहिरो खसेर घरमा क्षेती मात्र गरेना पाखो तथा खेतमा लगाएको धान र मकै, फलफुलका विरुवा समेत नष्ट गरेको छ । वातावरणीय प्रभाव मुल्यांकन तथा अध्ययन बिना नै जथाभावी सडक खन्नुले पहिरोको जोखिम बढेको स्थानीय भुवन केसीको भनाइ छ ।

कैना बाँसकोटी, कट्के, किटेनी, कालिमाटी घुवारा, औल सीमा कोठीगाउँ जोड्ने सडक जथाभावी खन्ने काम गर्दा पहिरोको जोखिम बढेको छ । विकासले उल्टै विनास निम्त्याएको छ । नलगाड नगरपालिकाले अन्दाधुन्द सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको छ । जिल्लामा स्थानीय तहले वातावरणीय प्रभाव मुल्यांकन तथा अध्ययन बिना नै जथाभावी डोजर लगाएर सडक निर्माण गर्दा सबैतिर बाढी पहिरोको जोखिममा रहेको छ ।

जाजरकोटमा जथाभावी रुपमा मोटरबाटो खन्ने कार्य गर्दा पहिरोका जोखिम बढेको छ । जाजरकोटको खलंगा पा“चकाटीया, कालिमाटी बारेकोट, छेडा थलह, थलह सानाखोला जुनीचाँदे, थलह बाटुल्ले टापुचौर, पाँचकाटीया पैक, पाँचकाटीया कुशे भार्मा, कालिमाटी कैना, कालिमाटी खन्टाकुरा सिर्के लगाएत दर्जन बढी ग्रामीन सडक असार पहिलो सातादेखि सडकमा यातायात सेवा अबरुद्ध भएको छ ।

प्रतिकृया दिनुहोस्