Skip

News Portal

सडकको अबरोध हटाउन नेकपा (एस) का उपाध्यक्ष खड्काले दिए निशुल्क जेसिवि

२००० पटक

जाजरकोट–डोल्पा सडकको कालेगाउँ–फुलबारी खण्डको अबरोध हटाउन नेकपा एकीकृत समाजवादी, जाजरकोटका उपाध्यक्ष कमान बहादुर खड्काले निशुल्क जेसिवि दिएका छन् । पूर्वी जाजरकोटमा संचालन हुने यातायातहरुलाई सुचारु गर्न उपाध्यक्ष खड्काले निशुल्क जेसिवि दिएका हुन् ।

बुधबारको अबिरल बर्षाले जिल्ला सदरमुकाम खलंगाको ठाँटीबजार स्थित नेपाल रेडक्रस सोसाईटीको भवन मुनीको सडक पहिरोले अबरुद्ध भएको छ । उक्त सडक अबरुद्ध भएपछि पूर्वी जाजरकोटको नलगाड र बारेकोट, रुकुमपश्चिमको सानोभरी, आठबीसकोट र डोल्पाका यात्रुहरुलाई यात्रा गर्न असहज भएको छ । उक्त सडक अबरुद्ध भएपछि त्यसतर्फ खाद्यन्न तथा किराना पसलका सामान र हार्डवेयर पसलहरुलाई निर्माण सामाग्री ढुवानी गर्न कठिनाई भएको छ ।

उक्त सडकसंगै जिल्लाका विभिन्न ठाउँका अबरुद्ध भएका सबै सडकहरुलाई एक हप्ता भित्रै संचालनमा ल्याउनेगरी काम गर्ने बिहिबार बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निर्णय गरेको जानकारी दिदै प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले पूर्वीजाजरकोटमा संचालन हुने यातायातलाई बिहिबार नै सुचारु गर्न पासागाडदेखि कालेगाउँसम्मको अबरोधलाई पन्छाउने काम भैरहेको जानकारी दिएका छन् । पासागाडदेखि फुलबारीसम्मको अबरोध हटाउन सडक डिभिजन चौरजहारीको जेसिविले काम गरिरहेको जानकारी दिदै प्रजिअ देवकोटाले कालेगाउँदेखि फुलबारीसम्मको अबरोधलाई हटाउन समाजवादीका उपाध्यक्ष खड्काको जेसिविले निशुल्क काम गरिरहेको बताए । सडकको अबरोध हटाउन निशुल्क जेसिवी दिएकोमा सन्तोष निर्माण सेवाका प्रोपराईटर समेत रहेका उपाध्यक्ष खड्कालाई प्रजिअ देवकोटाले धन्यवाद दिएका छन् ।

प्रतिकृया दिनुहोस्