News Portal

जाजरकोटमा नेपाल प्रहरीको अबैध गाँजा खेती नष्ट गर्ने अभियान

दुई सय रोपनीको गाँजा खेती नष्ट

९४२ पटक

नेपाल प्रहरीले जाजरकोट जिल्लामा अबैध गाँजा खेती नष्ट गर्ने अभियान संचालन गरेको छ । जिल्लाका विभिन्न ठाउँको दुई सय रोपनी जग्गामा रहेको अवैध गाँजाका बोटहरु नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

जिल्लाको नलगाड नगरपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकाको विभिन्न ठाउँमा दुई सय रोपनी जग्गाको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालयको सुचना शाखाले जानकारी दिएको छ । गोप्य सुचनाको आधारमा नलगाड नगरपालिका–३ को द्वारे, डिम्रेनि र काँक्रेमेला लगायतका स्थानमा ३५ रोपनी जग्गामा रहेको अवैध गाँजा खेती प्रहरीले नष्ट गरिएको छ भने, छेडागाड नगरपालिका–१२ र १३ मा पर्ने चैते, टाकुरा, काँडासोती, मेलचौर, सोतीचौर, माजगाउँ लगायतका स्थानमा १५५ रोपनी जग्गामा रहेको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ । उक्त गाँजाखेती ईलाका प्रहरी कार्यालय दल्ली, ईलाका प्रहरी कार्यालय बडाबन र जगतिपुरबाट खटाईएको संयुक्त प्रहरी टोलीले नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार प्रहरी चौकी पाँचकाटियामा कार्यरत प्रहरी सहायक निरिक्षक धन बहादुर सिंह ठकुरीको टोलीले भेरी नगरपालिका–२ स्थित तिमिले, छेलोहान्ने, र नाउली लगाएतका विभिन्न स्थानमा १० रोपनी जग्गामा रहेको अबैध गाँजा खेती नष्ट गरेको छ । यो भन्दा अगाडी पनि नेपाल प्रहरीले जिल्लाका विभिन्न ठाउँमा गाँजा खेती नष्ट गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्