News Portal

लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा सहित योजना तय

२९१ पटक

भेरी नगरपालिकाले लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा गरेको छ । शनिवार वसेको सरोकारवालाहरुको समन्वयात्मक बैठकले लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा गरेको हो ।

बैठकले लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियान ऋनतरगत हालसम्म संचालन गरिएका क्रियाकलापहरुको समिक्षा गर्नुको साथै बाँकी दिनमा संचालन गरिने कृयाकलापहरुको योजना तय गरेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र यार्सन जाजरकोटको संयुक्त आयोजनामा यही मंसिर १९ गते गुणस्तरीय शिक्षामा लैङ्किक हिंसाले पारेका प्रभाव सम्वन्धि अन्तरक्रिया कार्यक्रम संचालन गर्ने, भेरी नगरपालिकाको आयोजनामा २२ गते भेरी नगरपालिका–७ स्याउली वजारमा महिलाहरुको पाठेघर खस्ने समस्या परीक्षण शिवीर संचालन गर्ने, सामाजिक विकास कार्यालयको आयोजनामा २३ गते त्रिभुवन माविमा अन्तर मावि स्तरीय लैंङ्किक हिंसा न्युनिकरणमा हाम्रो भुमिका विषयक वक्तित्वकला प्रतियोगिता आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयको आयोजनामा शिव मावि कालेगाउँमा साइवर क्राइम सम्वन्धि विद्यालय स्तरिय सचेतना कार्यक्रम गर्ने, बाल विवाह विरुद्ध साँझा अभियान नेपालको आयोजनमा बालबिबाह एवं बलात्कार पिडितलाई सहयोग गर्ने कार्यक्रम बैठकले तय गरेको भेरी नगरपालिकाका उप प्रमुख सिता जैसीले जानकारी दिएकी छन ।

प्रतिकृया दिनुहोस्