News Portal

जाजरकोटका प्रकृतिप्रेमी गोविन्द सिंह सम्मानित

जाजरकोट
४९२ पटक

प्रकृतिको संरक्षण अभियान्ता जाजरकोटका गोविन्द सिंह सम्मानित भएका छन् । सिंह प्रकृतिका नायक अवार्डबाट सम्मानित भएका हुन् । नेपाल पन्छी संरक्षण संघको ४० औं बार्षिक साधारण सभाबाट सिंहलाई बर्डलाइफ नेचर्स हिरोको उपाधि सहित सम्मानित गरिएको छ ।

स्थानीय स्तरमा रहेर जंगली जनावर, चरा र तिनको संरक्षण तथा बासस्थान संरक्षणमा उल्लेख्य स्वयमसेवी योगदान पुरयाउने जाजरकोटका सिंह र बर्दियाका राम शाहीलाई बर्डलाइफ प्रकृति नायकको उपाधीबाट सम्मानित गरिएको हो । प्रकृतिको संरक्षण, जीबजन्तु र पशुपंक्षीको संरक्षण, खोज र अनुसन्धानमा महत्वपुर्ण योगदान पुरयाउने दुई जनालाई प्रकृतिका हिरो अवार्डबाट सम्मानित गरिएको पंक्षी संरक्षण संघका अध्यक्ष डा. करण शाहले बताए ।

नेपालबाट दुई जनाको नाम छनौट गरिएको हो । बर्दिया जिल्लाको बर्दिया नेचर कन्जर्भेसन क्लबका अध्यक्ष रामबहादुर शाही र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकामा रहेर समग्र जिल्लाको प्रकृति संरक्षणमा योगदान पुर्याएका गोबिन्द बहादुर सिंहलाई एक विशेष कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको छ । सम्मानित दुई जनाले विश्वबाट छनौट भएर आएका अभियान्तासँग प्रतिस्पर्धा गर्ने छन् ।

नेपाल पंछी संरक्षण संघको ४० औं वार्षिक साधारणसभाको अबसर पारेर बर्डलाइफ इन्टरनेसनलद्वारा प्रदान गरिने बर्डलाइफ नेचर्स हिरो अवार्डबाट शनिवार उनीहरुलाई सम्मान गरिएको हो । सोही अबसरमा बर्दिया नेचर कन्जरभेसन क्लबलाई जैविक विविधता संरक्षणको लागी एकलाख राशीको पुरस्कारले पुरस्कृत गरिएको थियो ।

नेपाल पंछी संरक्षण संघका अध्यक्ष प्राध्यापक करणबहादुर शाह, बर्डलाइफ एसियाका हुमबहादुर गुरुङ, विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि घनश्याम गुरुङ, वन तथा भु– संरक्षण मन्त्रालयका महानिर्देशक देबेशमणि त्रीपाठीको संयुक्त उपस्थितीमा उनीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्