News Portal

शहिद स्मृति भत्ता सम्बन्धि भेरी नगरपालिकाले निकाल्यो सुचना

जाजरकोट
३६७ पटक

शहिद तथा बेपत्ता परिवारका सदस्यलाई शहिद स्मृति भत्ता प्राप्तीको लागि निवेदन पेश गर्न भेरी नगरपालिकाले सुचना प्रकाशित गरेको छ । शहित तथा बेपत्ता परिवारका हकवालालाई शहिद स्मृती भत्ता प्राप्ती गर्न भेरी नगरपालिकाले शुक्रबार सुचना प्रकाशित गरेको हो ।

जनयुद्ध, जनआन्दोलन र प्रदेश स्थापनाको लागि भएका विभिन्न आन्दोलनका शहिद तथा बेपत्ता परिवारका हकवालालाई शहिद स्मृती भत्ता प्राप्त गर्न सुचना प्रकाशित भएको मितिले ३० दिन भित्रै निवेदन पेश गर्न सुचना मार्फत आग्रह गरिएको छ । प्रकाशित सुचनामा भनिएको छ–‘शहिद स्मृति भत्ता वितरण निर्देशिका–२०७९’ मा भएको तथा गरिएको व्यवस्था अनुसार नेपाल सरकार गृह मन्त्रालय÷जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको विवरण अनुसार नगरपालिका भित्रका शहिद तथा बेपत्ता भएका व्यक्तिहरुका हकवालालाई नगरपालिकामा निवेदन दिन आग्रह गरिएको छ ।

सुचना प्रकाशित भएको ३० दिन भित्र निवेदन पेश गर्न अनुरोध गरिएको सुचनामा यस बिषयमा थप जानकारी लिनका लागि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको वेवसाईट र भेरी नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न सरोकारवालाहरुलाई अनुरोध गरिएको छ ।

निवेदन पेश गर्दा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, हकवाला प्रमाणित कागजपत्र र बैंक खाता नम्बर खुल्ने कागजजातलाई सम्लग्न राख्नुपर्ने सुचनामा भनिएको छ ।

प्रतिकृया दिनुहोस्