Hamro Sanchar

भेरी नगरपालिकामा १६२ वटा योजनाको निर्माण कार्य सम्पन्न

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/७/३० गते
जाजरकोट

भेरी नगरपालिकाले १६८ वटा योजनामध्ये १६२ वटा योजनाको निर्माण कार्य सम्पन्न गरेको छ । भेरी नगरपालिकाले १६२ वटा योजनाको निर्माण कार्य आर्थिक बर्ष २०७७÷०७८ मा सम्पन्न गरेको हो ।

आब २०७७÷०७८ मा नगरपालिकाले तर्जुमा गरेका ४४ वटा खानेपानी योजनामध्ये ४३ वटा योजनाको निर्माण कार्य सम्पन्न गरेको छ भने, एक योजनाको निर्माण कार्य सम्पन्न हुन बाँकी रहेको छ । त्यसैगरी नगरपालिकाले तर्जुमा गरेका ४० वटा सडकमध्ये ३८ वटा सडकको निर्माण कार्य सम्पन्न भएको छ भने, २ वटा सडकको निर्माण कार्य सम्पन्न हुन बाँकी रहेको छ । तर्जुमा गरेका १३ वटा सिंचाई योजनामध्ये १३ वटै सिंचाई योजनाको निर्माण कार्य सम्पन्न गरी सकेको नगरपालिकाले जनाएको छ । तर्जुमा गरिएका ५१ वटा भवनमध्ये ५० वटा भवनको निर्माण कार्य सम्पन्न गरीसकेको, १ भवनको निर्माण कार्य सम्पन्न हुन बाँकी रहेको नगरपालिकाले बार्षिक प्रगति समिक्षामा देखाएको छ । तर्जुमा गरिएका ४ वटै पुलको निर्माण कार्य सम्पन्न गरेको नगरपालिकाले तर्जुमा गरिएका अन्य १६ वटा योजनामध्ये १४ वटा योजनाको निर्माण कार्य सम्पन्न गरिसकेको छ भने, २ वटा योजनाको निर्माण कार्य सम्पन्न हुन बाँकी रहेका छन् ।

आब २०७७÷०७८ मा भेरी नगरपालिकाले ३२ दशमलब ७२ किलोमिटर कच्ची माटे सडक निर्माण गरेको छ । सुन्न दशमलब १९ किलोमिटर ग्राभेल सडक निर्माण गरेको छ । सुन्न दशमलब ०७ किलोमिटर आरसिसी सडक निर्माण गरेको छ । १९ दशमलब १५५ किलोमिटर सडक मर्मत गरेको छ । सुन्न दशमलब ३२५ किलोमिटर सिडि सहितको पिसिसी गोरेटो बाटो निर्माण गरेको छ ।

५७ हजार ३९३ मिटर पाईप लाईन विस्तारगरी खानेपानी संचालन गरेको नगरपालिकाले ३० वटा ईन्टेक निर्माण गरेको छ । १५ वटा आरभिटीसंगै २० वटा धारा निर्माण गरेको नगरपालिकाले जानकारी दिएको छ । ४२४ मिटर लम्बाईको नहर निर्माण गरेको नगरपालिकाले ३ हजार ३७४ मिटर पाईप लाईन बिस्तार गर्नुको साथै ८ वटा पोखरी निर्माण गरी सिंचाई आपुर्ती गरेको नगरपालिकाले जानकारी दिएको छ । २ वटा झोलुङ्गे र २ वटा सल्याव बृज गरी ४ वटा पुल निर्माण गरेको छ । २६ वटा विद्यालय भवन तथा शौचालय निर्माण गरेको नगरपालिकाले १ वडा कार्यालय र ४ वटा स्वास्थ्य चौकी भवन निर्माण गरेको छ ।

नेपाल सरकार र प्रदेश सरकारबाट शसर्त चालु अनुदान, पुँजीगत र चालु समपुरक अनुदान, राजश्व बाँडफाँड र चालु बिशेष अनुदान गरी नगरपालिकाको स्वीकृत ७१ करोड ५४ लाख २५ हजार २९९ बार्षिक बजेट मध्ये ६० करोड २६ लाख ७६ हजार ३२४ खर्चगरी ८४ दशमलब २४ प्रतिशत वित्तिय प्रगति हासिल गरेको नगरपालिकाले बार्षिक प्रगति समिक्षामा प्रस्तुत गरेको छ । ११ करोड २७ लाख ४८ हजार ९७५ संचित कोषमा बाँकी रहेको नगरपालिकाले जानकारी दिएको छ ।

त्यसैगरी अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ सामाजिक सुरक्षा कार्यक्रम, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम, छोरी सुरक्षा कार्यक्रम, मुख्यमन्त्री रोजगार, उद्यमशिलता तथा आयआर्जन कार्यक्रम, जैविक मल उत्पादन उद्योग, स्थानीय तह प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम गरी एकमुष्ट विनियोजित १३ करोड ८६ लाख ३३ हजार ७५० मध्ये १० करोड ८३ लाख १२ हजार ६४४ खर्चगरी ७८ दशमलब १३ प्रतिशत वित्तिय प्रगति हासिल गरेको नगरपालिकाले जानकारी दिएको छ ।

एक करोड ४० लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले १३ वटै वडा कार्यालयले संकलन गरेको राजश्व, नगरपालिकाको राजश्व शाखाले संकलन गरेको राजश्व, मालपोत, बैंकमा दाखिला रकम र बेरुजु दाखिला गरी जम्मा १ करोड ८५ लाख ३२ हजार ८४१ राजश्व संकलन गर्न सफल भएको नगरपालिकाले जानकारी दिएको छ ।

आब २०७५÷०७६ मा १२ लाख २ हजार असुल गर्नुपर्ने बेरुजु रहेको नगरपालिकामा आब २०७६÷०७७ मा ७ लाख ७३ हजारमा झरेको थियो । आब २०७५÷०७६ मा २९ लाख ३९ हजार कागजजात पेश गर्नुपर्ने बेरुजु रहेको नगरपालिकामा आब २०७६÷०७७ मा ३१ लाख ९० हजार पुगेको थियो । आब २०७५÷०७६ मा ४६ लाख ३६ हजार नियमित गर्नुपर्ने बेरुजु रहेको नगरपालिकामा आब २०७६÷०७७ मा १ करोड ६४ लाख ७८ हजारमा पुगेको थियो । आब २०७५÷०७६ मा ७ लाख ८ हजार पेश्की बेरुजु रहेको नगरपालिकामा आब २०७६÷०७७ मा १ करोड ४३ लाख ७२ हजारमा पुगेको थियो । आब २०७५÷०७६ मा जम्माजम्मी ९४ लाख ८५ हजार बेरुजु रहेको नगरपालिकामा आब २०७६÷०७७ मा ३ करोड ४८ लाख १३ हजार पुगेको छ ।

नगरपालिकाले आब २०७७÷०७८ को मुख्य उपलब्धीका रुपमा काफलचौरमा रहेको जाजरकोट बहुँप्राविधिक शिक्षालयमा अध्ययनरत ४५–४५ जना विद्यार्थीहरु बस्न मिल्ने क्षमता भएको ३ वटा ट्रस र एक वटा खानेपानी योजनाको निर्माण कार्यलाई लिएको छ । त्यसैगरी ७ वटा वडामा आधारभुत स्वास्थ्य सेवा संचालन गर्नुको साथै वडा नं. १, ५, ७ र ८ मा आधारभुत स्वास्थ्य केन्द्रका भवन निर्माणको काम सम्पन्न गरी आफ्नै भवनबाट सेवा संचालन गर्नुलाई नगरपालिकाले उपलब्धीका रुपमा लिएको छ । नगरपालिकाको प्रशासकीय भवनको निर्माण कार्य सम्पन्न भई आफ्नै भवनबाट सेवा संचालन गर्नुलाई नगरपालिकाले यस बर्षको उपलब्धीमा राखेको छ । नगरपालिका भित्रका सबै स्वास्थ्य चौकीबाट डिएचआइएस–२ रिर्पोटिङ्ग शिष्टमको सुवातलाई नगरपालिकाले उलब्धीका रुपमा लिएको छ । कुदु, भुर र पुन्मा स्वास्थ्य चौकीमा ल्याब सेवा संचालन गरिएकोलाई नगरपालिकाले महत्वपूर्ण उपलब्धीमा राखेको छ । वडा नं. १३ को कुदुमा सम्पन्न भएको लिप्ट खानेपानी योजनालाई पनि नगरपालिकाले महत्वपूर्ण उपलब्धीमा राखेको छ । आब २०७७÷०७८ मा ९ प्रावि, १९ निमावि र ५ मावि गरी जम्मा ३३ वटा शिक्षक दरबन्दीको पदपुर्तीलाई नगरपालिकाले उपलब्धीमा राखेको छ । मावि तथा आधारभुत तहका ७ वटा विद्यालय भवन निर्माणलाई नगरपालिकाले यस बर्षको उपलब्धीमा राखेको छ ।

स्याउली बजार र खलंगामा संचालन गरिएको मानसिक स्वास्थ्य शिवीरबाट १५२ जनालाई सेवा दिनुको साथै शिवीरबाट पहिचान गरिएका मानसिक स्वास्थ्यका ३२ जना विरामीहरुले नियमित औषधि सेवन गरिरहेका र २४ जना विरामीहरु निमित सम्पर्कमा रहेकोलाई नगरपालिकाले अर्को उपलब्धीमा राखेको छ । प्रक्षपन गरिए भन्दा बढि आन्तरिक राजश्व संकलन गर्नुलाई पनि नगरपालिकाले उपलब्धीमा राखेको छ । सवारी साधन मार्फत फोहरमैला व्यवस्थापन गरिनुलाई पनि नगरपालिकाले उलब्धीका रुपमा लिएका छ । वडा नं. १ को डौरीकाँडा र २ को तिमिले बाहेकका नगरपालिकाका १३ वटै वडाका सबै बस्तीहरु कच्ची सडक संजालमा जोडिनुलाई नगरपालिकाले उपलब्धीका रुपमा लिएको छ । १ वटा एम्बुलेन्स र १ वटा सव–बहान खरिद गरी विपद व्यवस्थापन र नागरिक स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास राख्दै नगरपालिकाले उपलब्धीका रुपमा लिएको छ ।

वडा नं. २ र ६ लाई आलु पकेट क्षेत्र, वडा नं. १ र ३ को १५ हेक्टर जमिनमा धान पकेट क्षेत्र, वडा नं. ७ र ८ को २५ हेक्टर जमिनमा मकै पकेट क्षेत्र बनाई १५ क्वीन्टल टीपिएस आलुको बीऊ, ४० क्वीन्टल धानको बीऊ र ४० क्वीन्टल मकैको बीऊ उत्पादन गर्नुलाई नगपालिकाले महत्पूर्ण उपलब्धीका रुपमा लिएको छ । तुलनात्मक रुपमा अन्य वडाहरुमा पनि बेमौषमी तरकारी खेती, नगदे बाली तथा दलन बालीको उत्पादनमा बृद्धि हुनलाई नगरपालिकाले उपलब्धीमा राखेको छ ।

दुग्ध प्रवद्र्धन साझेदारी कार्यक्रम मार्फत ४० वटा मुर्राक्रस भैसी वितरणलाई नगरपालिकाले उपलब्धीका रुपमा लिएको छ । त्यसैगरी १५ वटा समुहका १०० जना किसानलाई ३०० बाख्रा, १० जना व्यवसायिक किसानलाई १० वटा उन्नत जातका बोका वितरणलाई पनि नगरपालिकाले उपलब्धीका रुपमा लिएको छ । जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणा अभियान अन्तरगत गरिएका सम्पूर्ण क्रियाकलापलाई नगरपालिकाले यस बर्षको उलब्धीमा राखेको छ ।

प्रतिकृया दिनुहोस्