आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा बारेकोट गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमको सहयोग

डिजिटल संचार संवाददाता प्रकाशित : २०७८/२/१३ गते
जाजरकोट

स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा बारेकोट गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमले सहयोग गरेको छ । काठमाडौंमा खरिद गरिएको स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमले सहयोग गरेको हो ।

कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको लागि गाउँपालिकाले काठमाडौंमा खरिद गरेको १६ वटा आईशोलेसन बेड, कोरोना परीक्षणको लागि खरिद गरिएका एन्टीजेन किट लगाएतका अन्य स्वास्थ्य सामाग्री र गाउँपालिकाले खरिद गरेको औषधीको ढुवानी भाँडाको जिम्मा लिएको विश्व खाद्य कार्यक्रमले गाउँपालिकाको सामान ना ५ ख ८६४१ नम्बरको गाडीमा खलंगासम्म पुर्याएको गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले जानकारी दिए । गाउँपालिकाले खरिद गरेको झण्डै ५ लाख बराबरको स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा विश्व खाद्य कार्यक्रमले काठमाडौंदेखि जिल्ला सदरमुकाम खलंगासम्म सहयोग गरेको बताउदै अध्यक्ष शाहले खलंगादेखि बारेकोटको लिम्सासम्म ज्योती हार्डवयर पसलले सहयोग गरेको जानकारी दिए ।

ईन्जिनियर पदम थापाले गाउँपालिकालाई सहयोग गरेका १० वटा बेड र गाउँपालिका आफैले खरिद गरेका १६ वटा बेड गरी जम्मा २६ वटा बेड भएको जानकारी दिदै अध्यक्ष शाहले गतबर्षका बचत बेडहरुलाई प्रयोग गरेर गाउँपालिकाले ३० बेडको आईशोलेसन संचालनमा ल्याउन लागेको बताए । गाउँपालिकामा रहेका १४ वटै अक्सिजन सिलिण्डर सबै चालु अबस्थामा रहेको जानकारी दिदै अध्यक्ष शाहले ३० वटा बेड मध्ये १४ वटा बेड अक्सिजन सिलिण्डर सहितका हुने बताए ।

कोभिड–१९ को संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धि सरकारले गरेको बन्दोबस्तिका सामाग्रीहरुको ढुवानीमा कार्यक्रमले सहयोग गरिरहेको विश्व खाद्य कार्यक्रमको सहायक कार्यालय सुर्खेतले जानकारी दिएको छ । कार्यालयले दिएको जानकारी अनुसार कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धि बन्दोबस्तीका सामानहरु ढुवानीमा देशका ७७ वटै जिल्ला र ७५३ वटै पालिकामा सहयोग गर्ने कार्यक्रम रहेछ । कोरोना नियन्त्रण सम्बन्धि बन्दोबस्तिका सामान ढुवानीमा कार्यक्रमले सहयोग गर्नका लागि सम्बन्धित जिल्ला तथा पालिकाले चिट्टठी लेख्नुपर्ने सहायक कार्यालय सुर्खेतले जनाएको छ । यस बर्ष कोरोना नियन्त्रण सम्बन्धि बन्दोबस्तिका सामानहरु ढुवानी गर्ने जिम्मा लिएको विश्व खाद्य कार्यक्रमले सामान ढुवानी गर्नका लागि न्युनतम एक गाडी भन्दा बढि बन्दोबस्तिका सामान भएमा कार्यक्रमलाई ढुवानी गर्न सजिलो हुने बताईएको छ । कोभिड–१९ नियन्त्रण सम्बन्धि बन्दोबस्तिका सामानहरु ढुवानी गर्नुपरेका विश्व खाद्य कार्यक्रमको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ । बारेकोट गाउँपालिकालाई गरेको ढुवानी सहयोग नगन्ने मात्राको रहेको जानकारी दिदै कार्यक्रमले एउटै पालिकालाई कोभिड–१९ नियन्त्रण सम्बन्धि १० औं गाडी भएपनि बन्दोबस्तिका सामानहरु ढुवानीमा सहयोग गर्न सकिने जानकारी दिईएको छ ।

प्रतिकृया दिनुहोस्