News Portal

अखिल (क्रान्तिकारी), जाजरकोटको आयोजनामा अन्तरक्रिया सम्पन्न

जाजरकोट
१२६९ पटक

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी), जाजरकोटको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘नेपालको बर्तमान शैक्षिक अबस्था र यसको बिकल्प’ बिषयक अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाम खलंगामा सुक्रबार सम्पन्न भएको हो ।

कृषि विकास कार्यालयको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रम ५२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले नेपालको बर्तमान शिक्षा प्रणालीले गरीब निमुखा जनताका छोरा–छोरीहरुको हित अनुकुल नभएको भनाई राखेका थिए । बर्तमान शिक्षा प्रणालीको विकल्पमा जनमुखी शिक्षा प्रणालीको आबश्यकता भएको अन्तरक्रिया कार्यक्रममा भाग लिएका विद्यार्थीहरुले भनाई राखेका थिए । जनमुखी शिक्षा प्रणालीले मात्र विपन्न नागरिकहरुको हितमा काम गर्न सक्ने विश्वास व्यक्त गर्दै विद्यार्थीहरुले व्यवहारिक, जीवन उपयोगी शिक्षा नीतिलाई लागु गर्नु पर्ने भनाई राखेका थिए ।

विद्यार्थीहरुले राखेको जिज्ञासालाई मेटाउदै अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा, जाजरकोटका सेक्रेटरी अनन्तले बर्तमान शिक्षा प्रणालीको बिकल्पमा बैज्ञानिक शिक्षा प्रणाली लागु गर्नुपर्ने भनाई राखेका थिए । बैज्ञानिक तथा ब्यबहारीक शिक्षा प्रणाली एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत प्राप्त हुने बैज्ञानिक समाजवादी ब्यबस्थाले मात्र लागु गर्ने बताएका थिए ।

नेपालको बर्तमान शिक्षा प्रणालीबाट नयाँ पुस्ताले नत देश विकासको ज्ञान हासिल गर्न सक्ने, नत जनताको सेवा गर्न सक्ने बिबेक प्राप्त गर्ने अखिल (क्रान्तिकारी), जाजरकोटका अध्यक्ष विराजन शाहीले भनाई राखेका थिए । बर्तमान शिक्षा प्रणाली जनबिरोधी र आवश्यकता बिरोधी भएको बताउदै अध्यक्ष शाहीले देशको शिक्षा प्रणालीले आम जनता र सर्बहारा वर्गको रक्षा गर्न सक्नु पर्ने र ज्ञान दिनुपर्ने भनाई राखेका थिए । बैज्ञानिक समाजवादी शिक्षा प्रणालीले मात्र आम जनता र सर्वहारा वर्गको रक्षा गर्न सक्ने तर्क अध्यक्ष शाहीले गरेका थिए ।

अध्यक्ष शाहीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अथिति नेकपा, जाजरकोटका सेक्रेटरी प्रेम बहादुर चलाउने अनन्त रहेका थिए भने, कार्यक्रमको संचालन विद्यार्थी नेता दिपेन्द्र सिंहले गरेका थिए ।

प्रतिकृया दिनुहोस्