News Portal

‘तपाईंको मास्क खोई ?’ कार्यक्रममा १२ हजार ५६५ जनालाई मास्क वितरण

काठमाडौं
१०३० पटक

कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरण गर्न नेपाल प्रहरीले देश व्यापी रुपमा ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम संचालन गरेको छ । नेपाल प्रहरीले संचालन गरेको ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तरगत पछिल्लो २४ घण्टामा १२ हजार ५ सय ६५ जनालाई निःशुल्क मास्क वितरण गरेको छ ।

नेपाल प्रहरीले ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम गत वैशाख ६ गतेदेखि संचालन गरेको हो । गत बैसाख ६ गते देखि हालसम्म नेपाल प्रहरीले जम्मा ८ लाख ३४ हजार ८ सय १७ जनालाई निःशुल्क मास्क वितरण गरेकको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण बढ्दै गएपछि संक्रमणबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई ध्यान दिएर तोकिएको स्वास्थ्य सुरक्षा मापदण्डलाई कार्यान्वयन गर्न नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खोई ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरी रहेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय १० जना व्यक्तिलाई ११ हजार रुपैयाँ जरिवाना गरिएको छ भने, स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ५ हजार ४ सय ३७ जनालाई सम्झाई बुझाई गर्ने काम गरिएको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ । देशभर १ सय ५१ ठाउँमा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रमद्धारा १६ हजार ६३ जनालाई सचेत गराइएको प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्