News Portal

नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँकमिटी उपाध्यक्ष नेपाली काँग्रेसमा प्रवेश

जाजरकोट
५११ पटक

नेकपा (माओवादी केन्द्र) का बारेकोट गाउँ कमिटीका उपाध्यक्ष सहित केही कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस बारेकोट गाउँ कमिटीले बारेकोटमा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ कमिटी उपाध्यक्ष सहित केही कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुमा नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ कमिटी उपाध्यक्ष तथा २०७४ सालको स्थानीय तहको निर्बाचनमा नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्षको उम्मेदवार योगेन्द्र सिंह (जलन), पुर्ब जनमुक्ति सेना नेपाल तथा माओवादी निकट मजदुर संगठन जिल्ला अध्यक्ष शेर बहादुर सिंह (शंकर) र युवा संघ बारेकोटका अध्यक्ष सोमराज रावल (आदित्य) रहेका छन ।

त्यस्तगरीै नलगाड नगरपालिका माओवादी केन्द्रका सक्रिय सदस्य चक्र बुढा, नेकपा एमालेका युबा नेता बिनोद सिंह, शिवराज खड्का सहित तिन दर्जन नेता तथा कार्यकर्ताले नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस, जाजरकोटका सह–सचिव तथा प्रवक्ता छवी पन्तले जानकारी दिए । नवप्रवेशीहरुलाई नेपाली काँग्रेस जाजरकोटका सभापति बेदराज सिंहले स्वागत गर्दै नेपाली काँग्रेसको पार्टी सदस्यता प्रदान गरेका थिए । सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरे लगत्तै नेपाली काँग्रेस जाजरकोटले गाँउ केन्द्रित अभियान थालेको प्रवक्ता पन्तको भनाई रहेको छ ।

प्रतिकृया दिनुहोस्