News Portal

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको साधारण सभा सम्पन्न

४९३ पटक

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा सोमबार प्रतिष्ठानको प्रथम साधारण सभा सम्पन्न भएको हो ।

संस्था दर्ता ऐन अनुसार जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषदमा दर्ता गरिएको मितिले ६ महिना भित्रै साधारण सभा गर्नुपर्ने प्रतिष्ठानको विधानले गरेको व्यवस्था अनुसार प्रथम साधारण सभा सम्पन्न गरिएको प्रतिष्ठानका अध्यक्ष जनक केसीले जानकारी दिए । प्रतिष्ठानको पहिलो साधारण सभाले बैंक खाता संचालन सम्बन्धि विधानमा गरिएको व्यवस्थालाई संशोधन, कार्यसमिति थपघट गर्नुको साथै जाजरकोट दरबारलाई संग्रालय गराउने निर्णय पारित गर्ने जिल्ला सभालाई धन्यवाद दिएर समापन गरिएको अध्यक्ष केसीले बताएका छन् ।

जाजरकोट जिल्लाको ईतिहास, प्रकृति र सँस्कृति जस्ता सम्पदाहरुको संरक्षण गर्न जागरण पैदा गर्ने उदेश्यले दर्ता गरिएको प्रतिष्ठानले पहिलो चरणमा जाजरकोट दरबारलाई संग्रालय बनाउने कामलाई अगाडी बढाएको अध्यक्ष केसीले साधारण सभामा भनाई राखेका थिए । आगामी बैसाख १ गते विधिवद रुपमा जाजरकोट दरबारलाई संग्रालयको रुपमा उद्घाटन गर्ने लक्ष्य राखेको अध्यक्ष केसीले जानकारी दिएका थिए । प्राकृतिक सुन्दरता, ऐतिहासिक तथा सँस्कृतिक सम्पदा संरक्षणको लक्ष्य राखेको प्रतिष्ठानले जिल्लाका सरकारी तथा गैरसरकारी निकायसंगको सहकार्यमा प्रतिभा पहिचान गर्नुको साथै क्षमता विकासमा जोड दिने कार्यक्रम रहेको अध्यक्ष केसीले भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्