News Portal

अज्ञात रोगले कुशेमा २ बालकको मृत्यु

गाउँमा बच्चाहरु बिरामी

जाजरकोट
१७३३ पटक

कुशे गाउँपालिका–८ औलरीजामा अज्ञात रोगले २ बालकको मृत्यु भएको छ । ज्वरो आउने, पहिलो रंगको बान्ता गर्ने लक्षण सहितको रोगले २ जना बालकको मृत्यू भएको हो ।

कुशे–८ औलरीजामा बिहिबार राती १ जना र शुक्रबार राती १ जना बच्चाको मृत्यु भएको औलरीजाकी बिनिता बिकलाई उदृत गर्दै कर्णाली प्रदेश (क) का साँसद गणेशप्रसाद सिंहले जानकारी दिएका छन् । विनिता विकलाई उदृत गर्दै साँसद सिंहले एक्कासी ज्वरो आउने, पहिलो रंगको बान्ता गर्ने रोगले २ जना बच्चाको मृत्यु भएको बताएका छन् । उक्त रोगका लक्षण देखापरेका ६–७ जना दुधे बालकहरु गाउँमा बिरामी भएको साँसद सिंहले जानकारी दिएका छन् । साँसद सिंहलाई टेलिफोन मार्फत घटनाका बिषयमा जानकारी गराउने विनिता विक कुशे गाउँपालिका–८ की वडा सदस्य हुन् ।

कुशे गाउँपालिकाको वडा नम्बर ८ का बच्चाहरुमा देखा परेको उक्त रोगको नियन्त्रण तथा पहिचान गर्नका लागि जिल्ला सदरमुकाम खलंगाबाट औषधी सहित स्वास्थ्यकर्मीहरुको एक टोली अहिलेनै कुशे गाउँपालिका तर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले डिजिटल संचारलाई जानकारी दिएका छन् । औषधी सहित जिल्ला अस्पतालमा कार्यरत डा. ईन्द्र थापा, स्वास्थ्य सहायक राजेन्द्रजंग शाह र कृष्ण खत्री गरी तीन जनाको टोली सदरमुकामबाट कुशे तर्फ हिडि सकेको डा. औसरसिंह राठोरले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्