News Portal

नेपाल निजामती कर्मचारी संगठन, जाजरकोट अध्यक्षमा बिसी

डिजिटल संचार संवाददाता२०८१ माघ १३
४२५ पटक

जाजरकोट
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, जाजरकोट अध्यक्षमा निराजन बिसी चयन भएका छन् । सनिबार सम्पन्न ११ औं जिल्ला अधिवेशनले बिसीलाइ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

सम्पन्न जिल्ला अबिधेशनले बिसीको अध्यक्षतामा १९ सदस्य जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । अबिधेशनले उपाध्यक्षमा चन्द्र बहादुर भारती, महिला उपाध्यक्षमा लक्ष्मी रोकाय पुन, सचिवमा कृतिबहादुर थापा, सह सचिवमा भिमबहादुर केसी, कोषाध्यक्षमा भूप बहादुर वलीलाइ निर्विरोध निर्वाचित गरेको छ ।

लेखापरिक्षण आयोगमा रभराज पुनलाइ संयोजक र छत्रबहादुर हमाललाइ सदस्यमा अधिवेशनले निर्विरोध निर्वाचित गरेको छ । केन्द्रीय प्रतिनिधिमा टकेन्द्र रोकाय, पवन थापा, नवराज वली, अन्जना हमाल, वीरबहादुर चन्द र रत्न बहादुर डाँगी निर्विरोध निर्वाचित गरेको अधिवेशनले प्रदेश प्रतिनिधिमा यज्ञबहादुर अधिकारी, भद्रबहादुर शाही, प्रयागदत्त धिताल, कमल ढुंगाना, लक्ष्मी रोकाय वलीलाइ निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्