
जाजरकोट
लँह आयुर्वेद औषधालयले पाईल्स, फिसर, फिष्टुला जाँच शिविर संचालन गरेको छ । बिहिबार लँह आयुर्वेद औषधालयल पाईल्स, फिसर, फिष्टुला जाँच शिविर संचालन गरेको हो ।
उक्त शिविरबाट ४८ जना महिला र २९ जना पुरुष गरी जम्मा ७७ जनाले सेवा लिएको लहँ आयुर्वेद औषधालय कालीमाटी प्रमुख प्रभात सुवेदीले जानकारी दिएका छन् । प्रमुख सुवेदीले दिएको जानकारी अनुसार उक्त शिविरबाट जटिल समस्या भएका ९ जनालाई उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा सिफारिश गरिएको छ ।
शिविरमा आयुर्वेद चिकित्सक तथा Anorectal Disease सम्वन्धि तालिम प्राप्त डा महेन्द्र खड्काले पाईल्स, फिसर, फिष्टुला जाँच गरेका थिए । आहार विहार र जीवनशैलीका कारण वढ्दो मात्रामा रहेको दिसाघरसँग सम्वन्धित समस्या Anorectal Disease को समयमै पहिचान गरि थप जटिलता हुनवाट वचाउन तथा ब्यवस्थापन गर्न शिविर संचालन गरिएको प्रमुख सुवेदीले बताए । शिविरबाट नलगाड नगरपालिकाका १३ वटै वडा र छिमेकी जिल्ला रुकुमपश्चिमको आठवीसकोट नगरपालिकाका सेवा ग्राहीहरुले सेवा प्राप्त गरेको सुवेदीले जानकारी दिएका छन् ।
शिविर उद्घाटनको औपचारिक कार्यक्रम लहँ आयुर्वेद औषधालय संचालक तथा व्यवस्थापन समितिका अध्यक्ष ओमराज ओलीको अध्यक्षतामा सम्पन् भएको थियो । नलगाड नगर प्रमुख डम्वर वहादुर रावतको प्रमुख आथित्यतामा आयोजित कार्यक्रमको विशेष अतिथी नगर उपप्रमुख देवका लामिछाने विशेष, नलगाड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर वहादुर पुन रहेका थिए । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रुकुम पश्चिम कार्यरत डा.महेन्द्र खड्का आयुर्वेद चिकित्सक कायक्रमका अतिथि रहेका थिए । कार्यक्रमको सञ्चालन लहँ आयुर्वेद औषधालय कालीमाटी प्रमुख प्रभात सुवेदीले गरेका थिए ।