News Portal

छेडागाड नगरपालिकामा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन

डिजिटल संचार संवाददाता२०८१ चैत्र २९
१०६ पटक

जाजरकोट
छेडागाड नगरपालिकाले नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरेको छ । शुक्रबार नगरपालिकाले सभाहलमा विशेष कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन गरेको हो ।

विमोचन गरिएको नगरपालिकाको भित्तेपात्रो (क्यालेण्डर) मा नगरपालिकाले सम्पन्न गरेका विभिन्न कार्यक्रमका तस्वीर, नगरपालिकाबाट प्रवाह गरिने विभिन्न सेवा, नगरपालिकाका साँस्कृतिक सम्पदा, ऐतिहासिक स्थल तथा स्थानीय जनजीवन झल्काउने आकर्षक त्रित्र तथा जानकारीलाइ समावेश गरिएको नगरपालिकाका सुचना अधिकारी देब बहादुर बुढाले जानकारी दिए ।

विमोचन गरिएको नगरपालिकाको भित्तेपात्रो सम्पूर्ण नगरबासीलाइ सुसुचित र सेवामुखी बनाउने माध्याम बनेको काबा नगरप्रमुख चन्द्र बहादुर थापाले भनाइ राखेका थिए । भित्तेपात्रोले नगरपालिकाको सेवा प्रवाह, नागरिक अधिकार, विकास आयोजना तथा बार्षिक लक्ष्यलाइ चित्रण गर्दै जनतालाइ सजग र सहभागितामुलक बनाउने अपेक्षा राखिएको कावा नगरप्रमुख थापाले बताएका थिए ।

काबा नगरप्रमुख थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, नगरपालिकाका विभिन्न शाखा प्रमुखहरु, शाखामा कार्यरत कर्मचारीहरु, स्वास्थ्य संस्थाका इन्चार्जहरु, गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी सबैले नव बर्ष २०८२ सालको अबसरमा सम्पूर्ण नगरबासीका लागि २०८२ साल शान्ति, समृद्धि र विकासको बर्ष बनोस भन्ने शुभकामना व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्