
जाजरकोट
विगत नौ महिनादेखि भारतको चण्डिगड पीजेई अस्पतालमा उपचार गराइ रहेका नलगाड नगरपालिका–१ का पुर्व वडाअध्यक्ष हिरालाल पुनलाइ नेपाल राष्ट्रिय कर्मचारी संगठन नलगाड नगर समितिले सहयोग गरेको छ । संगठनमा आबद्ध कर्मचारीहरुबाट सहयोग रकम उठाएर पुनलाइ नेपाल राष्ट्रिय कर्मचारी संगठन नलगाड नगर समितिले सहयोग गरेको हो ।
काठमाडौंका विभिन्न अस्पतालमा मेरुदण्डको उपचार तथा अप्रेशन सफल हुन नसकेपछि पुन भारतको चण्डिगड पीजेई अस्पतालमा उपचाररत छन् । नौ महिना वितिसक्दा पनि पुनको उपचार सफल हुन सकेको छैन । मेरुदण्डको समस्या झनै जटिल बन्दै गएपछि पुर्व वडाअध्यक्ष पुनको उपचारमा सहयोग गर्न कर्मचारीबाट रकम उठाएर संगठनले सहयोग गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन नलगाड नगर समितिका अध्यक्ष शशिराम ओलीले जानकारी दिए ।
अध्यक्ष ओलीले दिएको जानकारी अनुसार पुर्व वडाअध्यक्ष पुनको उपचारका लागि नगर समितिले पहिलो चरणमा १४ हजार ६३८ र दोस्रो चरणमा १८ हजार २७० गरी जम्मा ३२ हजार ९०८ रुपैया सहयोग गरेको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन नलगाड नगर समितिले गरेको सहयोगले पुर्व वडाअध्यक्ष पुनको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले पुर्व वडाअध्यक्ष पुनको सिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।
पुर्व अध्यक्ष पुनको उपचारको लागि सहयोग जुट्दैः
मेरुदण्डको अप्रेशन सफल हुन नसकेपछि अस्पतालको बेडमा छट्पटाइ रहेका पुनको उपचारको लागि नलगाड नगरपालिकाले ५० हजार सहयोग गर्ने नीतिगत निर्णय गरेको नगर प्रमुख डम्बर बहादुर रावतले जानकारी दिएका छन् । यही चैत २८ गते बसेको कार्यपालिका बैठकबाट उक्त निर्णय गरेको प्रमुख रावतले बताए । पुर्व जनप्रतिनीधि मात्र नभएर संस्थापक वडाअध्यक्ष पुनको उपचारका लागि कार्यपालिकाले ५० हजार दिने निर्णय गरेको प्रमुख रावतले जानकारी दिए । कार्यपालिकाले गरेको निर्णयका आधारमा नगरपालिकाले आइतबारनै पुनको खातामा रकम जम्मा गरिदिने प्रमुख रावतले बताए ।
त्यसैगरी हिरालाल पुनको उपचारमा नागरिक तहबाट सहयोग जुटाउन इन्द्र प्रसाद शर्मा (प्रशान्त), राममाया हमाल लगाएतका व्यक्तिहरुले हिरालाल बचाउ अभियान संचालन गरेका छन् । उक्त अभियानमा सहभागी हुदै नलगाड नगरपालिकाका पुर्व प्रमुख तथा नेकपा (माओवादी केन्द्र) जाजरकोट संयोजक टेक बहादुर रावलले ५ हजार, नलगाड–७ निबासी बीर बहादुर खड्काले एक हजार सहयोग गरेका छन् । त्यसैगरी नलगाड–३ निबासी तारादेवी पुनले १ हजार ५००, चन्द्र थापाले २ हजार २०० सहयोग गरेका छन् ।
हिरालाल बचाउ अभियानमा नलगाड–६ निबासी शेर बहादुर रावलले १ हजार ५०, नलगाड–२ निवासी भगवति गौतमले २ हजार १११, नलगाड–५ निबासी रविन्द्र खड्काले १ हजार ११ सहयोग गरेका छन् । त्यसैगरी नलगाड–५ कालिमाटी निबासी राज कुमार सुनुवारले १ हजार ५०५, नलगाड–४ निबासी विनोद रावलले १ हजार १११, नलगाड–६ निबासी जय बहादुर खड्काले २ हजार ५००, नलगाड–३ निबासी भीम बहादुर ओलीले १ हजार ५५५, नलगाड–६ निबासी उमेश खड्काले ३ हजार ५००, नलगाड–७ निबासी चन्द्र खड्काले २ हजार १११, नलगाड–३ निबासी सुनिता केसीले १ हजार १११ सहयोग गरेका छन् ।
नलगाड–१२ निबासी तेज बिकले १ हजार ६५५, भेरी नगरपालिका–२ निबासी पदम थापाले ७ हजार, नलगाड–११ निबासी गणेश सिंहले २ हजार १११ हिरालाल बचाउ अभियानमा सहयोग गरेका छन् । उक्त अभियानमा नलगाड नगरपालिकाका पुर्व प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर सिंहले ५ हजार ५०५, नलगाड–२ का पुर्व वडाअध्यक्ष राम कुमार गौतमले १ हजार ५०५, नलगाड–३ निबासी सर्जन बाबुले ३ हजार, नलगाड–१० निबासी रुपा ध्यारले १ हजार सहयोग गरेका छन् ।
नलगाड–९ निबासी दिनेश सिंह ठकुरीले १ हजार ५५५, पुर्व जिल्ला समन्वय समिति प्रमुख मन बहादुर रावलले ५ हजार, नलगाड–५ का पुर्व वडाअध्यक्ष केशव प्रसाद शर्माले १ हजार ५५, नलगाड–१० निबासी ललिता चलाउनेले १ हजार १११, कुमाख गाउँपालिका बडागाउँ सल्यान निबासी मोहन पुन मगरले १ हजार १११, नलगाड–२ निबासी जय बहादुर बिसीले १ हजार १११ हिरालाल बचाउ अभियानलाइ सहयोग गरेका छन् ।
नलगाड–५ निबासी दिपक कुसारीले १ हजार १११, नलगाड–७ निबासी पम्फा ओली खड्काले ३ हजार, नलगाड–१ पाली निबासी हेमराज रानाले १ हजार ५०, नलगाड–३ का पुर्व वडाअध्यक्ष प्रचण्ड ओलीले ३ हजार ५००, नलगाड–५ कालिमाटी निबासी ज्ञान सुनारले ३ हजार ३३३, नलगाड–३ निबासी पूर्ण बहादुर रोकायले ५ हजार, नलगाड–६ निबासी मोहन खड्काले २ हजार १५० सहयोग गरेका छन् । नलगाड–१ निबासी मेघराज चनाराले १ हजार ५१५, नलगाड–२ निबासी राजन गौतमले १ हजार, त्रिभुवन मावि दल्लीमा कार्यरत शिक्षक परमेश्वर शाहले १ हजार ५५५, नलगाड–१० निबासी सोनाम लक्ष्मीले ३ हजार ३६०, नलगाड–७ निबासी लक्ष्मण सिंहले १ हजार, छेडागाड नगरपालिका कार्कीगाउँ निबासी जनक खड्काले १ हजार, नलगाड नगरपालिका–१ निबासी तप्त चनाराले १ हजार ५५५, नलगाड–१० निबासी विशालले २ हजार सहयोग गरेका छन् ।
त्यसैगरी अभियानमा नलगाड–७ निबासी रेशम खड्काले १ हजार, नलगाड–१ निबासी साकेन्द्र चनाराले ५ हजार, त्रिभुवन मावि दल्लीका प्रअ योगेन्द्र आरसीले २ हजार १००, नलगाड–५ निबासी रविन्द्र खड्काले २ हजार १२१, नलगाड–४ निबासी इन्द्र बहादुर थापाले १ हजार १०१, हिमा गाउँपालिका जुम्लाका पुर्व उपाध्यक्ष हिमाली रोकायले २ हजार, नलगाड–७ निबासी अमला शाहीले १ हजार, नलगाड–२ निबासी जयलाल जैसीले १ हजार ५००, नलगाड–१ निबासी दिपक चनाराले १ हजार, नलगाड–२ निबासी शिव गौतमले १ हजार १३०, नलगाड–३ निबासी चन्द्र बहादुर पुनले ५ हजार ५५५, नलगाड–१ निबासी दिल बहादुर विकले ३ हजार ११, नलगाड–२ निबासी नरेश पुनले १ हजार २००, नलगाड–२ निबासी मिलन पुनले १ हजार १३० सहयोग गरेका छन् । नलगाड–१ निबासी लोकेन्द्र चनाराले १ हजार ५०, नलगाड–१ निबासी नविन परियारले २ हजार १११, जुनीचाँदे–१ मजकोट स्वास्थ्य चौकी इन्चार्ज डिजी मगरले १ हजार ५००, नलगाड–२ निबासी विनिता हमालले १ हजार ५००, नलगाड–१ निबासी विपिन दर्लामीले १ हजार १३०, नलगाड–२ निबासी विमल देवकोटाले १ हजार, नलगाड–४ निबासी मोहन केसीले १ हजार १११, नलगाड–२ निबासी सुदिप गौतमले १ हजार १११, नलगाड–५ कालिमाटी निबासी जानकी सुनारले १ हजार १५०, नलगाड–५ निबासी प्रतिक्षा शर्माले १ हजार ५५५, हुम्ला ताक्लाकोट गाउँपालिका–५ निबासी गिता खड्काले १ हजार, नलगाड–५ कालिमाटी निबासी जुहारीलाल सुनारले १ हजार १५०, नलगाड–१ निबासी प्रकाश पुनले १ हजार १० हिरालाल बचाउ अभियानमा सहयोग गरेका छन् ।
अभियान्ताहरुले दिएको जानकारी अनुसार अभियान निरन्तर रुपमा संचालन भइ रहेको छ । अभियानलाइ अझै केही दिनसम्म संचालन गरिने उनीहरुले बताएका छन् ।