News Portal

सहिद पुत्र विनोद रावलको माओवादी घटकलाइ खुल्ला पत्र

डिजिटल संचार संवाददाता२०८२ बैशाख ८
२४८ पटक

श्री पुष्पकमल दाहाल (प्रचण्ड )
श्री मोहन वैद्य (किरण)
श्री नेत्र बिक्रम चन्द (बिप्लव )
श्री धर्मेन्द्र बास्तोला (कंचन)
लगायत जनयुद्धका सवै सहयात्री

 

विषय – ध्यानाकर्षण सम्बन्धमा ।

प्रस्तुत विषय सम्बन्धमा निरुङकुश एकात्मक राज्यप्रणाली राजतन्त्रको विरुद्धमा नेपाली जनताले आफ्नो हक, हित र अधिकारको निम्ति २०५२ साल फाल्गुन १ गते देखि देखि संचालित १० बर्षे माओबादी जनयुद्धमा सामेल भइ देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि १९ बर्ष पूरा भएको कुरा हामी सबैलाई अगवतनै छ । १० बर्षे महान जनयुद्धमा रास्ट्र र जनताका खतिर उच्च बलिदान गर्ने महान सहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्न चाहान्छु । घाइते अपाङ्ग यौद्धाप्रति उच्च सम्मान सहित सिघ्र स्वास्थ्य लाभको कामना ब्यक्त गर्दछु । महान सहिद परिवार र बेवत्ता परिवारप्रति उच्च सम्मान ब्यक्त गर्दछु ।

सन्दर्भ २०५२ साल फाल्गुन १४ गतेको जाजरकोट जिल्ला साविक लहँ गाविस वडा नँ ३ हालको नलगाड नगरपालिका ४ निवासी तत्कालिन संयुक्त जनमोर्चाबाट २०४९ सालको स्थानीय निर्वाचनमा निर्वाचित वडा अध्यक्ष सहिद मान बहादुर रावल र साविक लहँ गाविस वडा नं ७ हालको नलगाड नगरपालिका ५ निवासी तत्कालिन लडाकु दलका सदस्य सहिद मान बहादुर वलीसंगै इलाका प्रहरी कार्यालय दल्लीबाट गएको प्रहरी गस्तिको टोलीद्वारा गिरफ्तार पर्नुभएको नलगाड ५ खन्टाकुराका पुर्ण बहादुर बुढा (लाउरे काँइला) २०५२ साल फाल्गुण १३ गते दिउँसो २ बजे देखि भोलिपल्ट २०५२ साल फाल्गुन १४ गते बिहान ८÷९ बजे तिर नलगाड ५ गेरेनीको भिरबाट खसालेर हत्या गरेको समयसम्म प्रत्यक्षदर्शी हुनुहुन्छ भने, प्रत्यक्ष, अप्रत्यक्ष त्यही विषयमा सुचनाको महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने आदरणीय अंकल इन्द्र प्रसाद शर्मा (प्रशान्त) को रिपोर्टको आधारमा पनि जाजरकोटले महान जनयुद्धको पहिलो कोटा चुक्ता गरेको तथ्य प्रमाणले बोल्दैछ । त्यतिमात्र होइन यहाँका नेता कार्यकर्ता र स्थानीयबासीको भनाइ र राजपत्रमा उल्लेखित तिथि मितिले थप प्रमाण बलियो भएको छ । तसर्थ कुनै पनि सहिद परिवारको भावनामा चोट नपुग्ने गरि दिल बहादुर रम्तेल, मान बहादुर रावल र मान बहादुर वली तिनै जनालाई प्रथम सहिदको सुचीमा राखी बलिदानको उच्च मुल्याङ्कण र सहिदहरु प्रति न्याय हुनेछ भन्ने आशा र बिश्वास सहित ध्यानाकर्षण गराउन चाहान्छु । धन्यवाद ।

बोधार्थ
१ नेकपा (माओवादी केन्द्र) जाजरकोट
२ नेकपा माओबदी केन्द्र कर्णाली प्रदेश समिति सुर्खेत
३ नेकपा (बिप्लब) जाजरकोट
४ नेकपा (बिप्लब) कर्णाली प्रदेश
५. नेकपा (बहुमत ) जाजरकोट
६ नेकपा ( बहुमत ) कर्णाली प्रदेश
७. नेकपा माओबादी क्रान्तीकारी (बैद्य ) जाजरकोट
८. नेकपा माओवादी क्रान्तीकारी (बैद्य) कर्णाली प्रदेश

क्रान्तीकारी अभिवादन सहित
बिनोद रावल
सहिद मान बहादुर रावलको कान्छो छोरा

प्रतिकृया दिनुहोस्