
जाजरकोट
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जाजरकोट संयोजकमा राममाया हमाल चयन भएकी छन् । सनिबार सम्पन्न प्रथम जिल्ला भेलाले हमाललाइ अनेम संघ (क्रान्तिकारी) जाजरकोट संयोजकमा चयन गरेको हो ।
अनेम संघ (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज टीका बुढाथोकीको प्रमुख आथित्यतामा सम्पन्न प्रथम भेललाले जाजरकोटको सह–संयोजकमा गिता शाहीलाइ चयन गरेको छ भने, सचिवमा विमला बस्नेतलाइ चयन गरेको छ ।
हमालको अध्यक्षतामा ३३ सदस्य जिल्ला कार्य समिति चयन गरेको प्रथम जिल्ला भेलाबाट सदस्यहरुमा सिता बस्नेत, लाली रावत, भविसरा शाही, नमस्ते शाह, तारा पुन, सरिता शाही, रुपा कुमारी ध्यार, देविसरा विक, विमला बस्नेत, कालिका खत्री, अमृता शर्मा, मोति नेपाली, कमला केसी, अम्बिका देवकोटा, सरस्वती पुन, लक्ष्मी शाही, लक्ष्मी केसी, सिता कुमारी पुन, कमला पुन, देउसरा जैसी, डिलसरा अधिकारी, सिता खत्री, तारा खत्री, अमृता शाही, उर्मिला सिंह, रुपा नेपाली, कल्पना खत्री, रामशिला खड्का चययन भएको संयोजक हमालले जानकारी दिइन् ।
उक्त प्रथम जिल्ला भेलामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश प्रसाद सिंह, जिल्ला संयोजक टेकबहादुर रावल विशेष अतिथि रहेका थिए भने, अन्य अथितिहरुमा अनेम संघ (क्रान्तिकारी) का केन्द्रीय सचिव पार्वती थापा, केन्द्रीय सदस्य जिल्ला इन्चार्ज कृष्ण शाह, कर्णाली प्रदेश अध्यक्ष ललिता रेग्मी, प्रदेश उपाध्यक्ष देवका लामिछाने, प्रदेश सचिव गिता तिमिल्सेना रहेका थिए ।
कार्यक्रमका अथितिहरुले भेला सफलताको शुभकामना मन्तव्य राखेका थिए । राजनीतिक परिवर्तनको आन्दोलनमा महिलाहरुले उल्लेखिय भुमिका खेलेको शुभकामना मन्तव्य राख्ने बक्ताहरुले भनाइ राखेका थिए । नेपालको राजनीतिक परिवर्तनका लागि गरिएको विगत १० बर्षे जनयुद्धमा बारुद खेलाएका महिलाहरुले अहिलेको राजनीतिक अधिकारलाइ प्रयोग गर्न जागरुक हुनुको साथै सक्रिय राजनीति गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।