News Portal

प्रभा संघर्षशिल नारी पुरस्कार–२०८२ देवी नेपालीलाइ

डिजिटल संचार संवाददाता२०८२ बैशाख २२
१३५ पटक

जाजरकोट
भेरी नगरपालिका–४ सिर्जनशिल टोलकी देवी नेपाली प्रभा संघर्षशिल नारी पुरस्कार–२०८२ बाट सम्मानित भएकि छन् । योगेश्वर स्मृति प्रतिष्ठान, काठमाडौंका अध्यक्ष राजेश्वर कार्कीले स्थापना गरेको प्रभा संघर्षशिल नारी पुरस्कार–२०८२ बाट नेपाली सम्मानित भएकी हुन् ।

नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरेर नेपालीलाइ सम्मान गरिएको थियो । त्रिभुवन माध्यामिक विद्यालयको सभाहलमा आयोजित प्रभा संघर्षशिल नारी पुरस्कार समर्पण तथा विशेष काव्य गाष्ठीको प्रमुख अतिथि नेपाल सरकारका पुर्वमुख्य सचिव डा. विमल कोइराला रहेका थिए भने, संविधान सभा सदस्य रिता रावल, भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्ती विशेष अतिथि रहेका थिए थिए । अन्य अतिथिहरुमा नगर उपप्रमुख सिता जैसी, योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्की, कवि, निबन्धकार मोमिला जोसी, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक केशव सिग्देल, नागरिक समाज जाजरकोट संयोजक राजेन्द्र विक्रम शाह, त्रिभुवन माविका प्रअ भक्त बहादुर मल्ल, स्रष्टा एवं महिला विकास अधिकृत तारा सुनुवार, समाजसेवी अनिता कोइराला, देवी नेपाली, नेपाली कांग्रेस जाजरकोट सचिव तेज विक्रम शाह, नेकपा एमालेका प्रतिनीधि, नेकपा (माओवादी केन्द्र) का प्रदेश उपाध्यक्ष ढकवीर राना रहेका थिए ।

प्रभा संघर्षशिल नारी पुरस्कारको औचित्य तथा उदेश्यकाबारेमा योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष एवं कवि राजेश्वर कार्कीले प्रकास पारेका थिए भने, पुरस्कृत देवी नेपालीको व्यक्तित्वको परिचयात्मक मन्तव्य नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाहले राखेका थिए । प्रभा संघर्षशिल नारी पुरस्कार समर्पण तथा विशेष काव्य गोष्ठीका विषयमा विशेष चर्चा कार्यक्रमका प्रमुख अतिथि कोइरालाले गरेका थिए भने, संविधान सभा सदस्य रावल, नगर प्रमुख घर्ती र उपप्रमुख जैसीले कार्यक्रमले पारेको सकारात्मक प्रभावका विषयमा आ–आफ्नो राखेका थिए ।

कार्यक्रममा डा. विमल कोइराला, राजेश्वर कार्की, तारा सुनुवार, मोमिला जोसी, हरि सन्दर्भ, बालकुमार शर्मा, जिएम दिपेन्द्र, टवीन कार्की, अच्युत प्रसाद शर्मा, शिला नेपाली, गोविन्द बुढा लगाएतले कविता बाचन गरेका थिए । समाजसेवी खम्ब जंग शाहको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन हरि सन्दर्भले गरेका थिए भने, स्वागत भाषण त्रिभुवन माविका प्रअ भक्त बहादुर मल्लले गरेका थिए ।

प्रतिकृया दिनुहोस्