News Portal

वाइसिएल नेपाल जाजरकोट अध्यक्षमा यज्ञराज बस्नेत

डिजिटल संचार संवाददाता२०८२ बैशाख २७
१४१ पटक

जाजरकोट
योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल, जाजरकोट अध्यक्षमा यज्ञराज बस्नेत सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाम खलंगामा सनिबार सम्पन्न पाँचौ जिल्ला सम्मेलनले वाइसिएल नेपाल, जाजरकोट अध्यक्षमा बस्नेतलाइ सर्वसम्मत चयन गरेको हो । बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चयन भएका भएका हुन् ।

सम्मेलनले बस्नेतको अध्यक्षतामा ७१ सदस्य जिल्ला समन्वय समिति चयन गरेको छ । होटल रिद्धिको सभाहलमा सम्पन्न सम्मेलनले उपाध्यक्षमा गोविन्द गिरी, खम्बप्रसाद सिंह, सुनकेसा केसी, सचिवमा सौगात विष्ठ, स–सचिवमा दिपक खड्का, भुपेन्द्र रावल, बालकृष्ण शाह, मुक्तिराज विकलाइ सर्वसम्मत चयन गरेको छ भने, कोषाध्यक्षमा गीता बुढालाइ सर्वसम्मत चयन गरेको छ । २० सदस्य पछि मनोनित गर्ने गरि सम्मेलनले जिल्ला कार्यसमिति चयन गरेको फ्रयाक्सन ईन्चार्ज इन्द्र प्रसाद गौतमले जानकारी दिए ।

पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पुर्वमन्त्री शक्ति बहादुर बस्नेतले गरेका थिए । वाइसिएल नेपाल नेकपा (माओवादी केन्द्र) को सहायक संगठन भएको बताउदै कार्यक्रमका प्रमुख अथिति बस्नेतले अन्य जनवर्गिय संगठनहरु भन्दा वाइसिएल नेपालको भुमिका माथि रहेको बताए । दश बर्षे जनयुद्धको थालनी गर्नुपुर्व वाइसिएल नेपालले चारकर्ताको भुमिका पुरा गरेको बताउदै बस्नेतले आज पनि वाइसिएल नेपालले चारकर्ताको भुमिका पुरा गर्नुपर्ने वेला आएको भनाइ राखेका थिए ।

वाइसिएललाइ विचारमा परिपक्क, संगठनमा बलियो, प्रविधिमा जानकार र कार्यशैलीमा जनमैत्री बनाउनु पर्ने बताउदै बस्नेतले अबको राजनीतिक नेतृत्व गर्न युवा जनशक्तिले आफुलाइ तयारी अबस्थामा राख्नुपर्ने भनाइ राखेका थिए । २४ बर्षकै उम्मेरमै आफुले जिल्लाको नेतृत्व गर्नुको साथै २७ बर्षको उम्मेरमा केन्द्रीय सदस्य भएर केही जिल्लाहरुको नेतृत्व आफुले गरेको बस्नेतले स्मरण गरेका थिए । अज्ञानताले जनताको सेवा र भौगलिक विकास गर्न नसकिने बताउदै बस्नेतले राजनीतिक नेतृत्व गर्नका लागि युवाहरुले अध्ययन गर्नुको साथै शारीरिक रुपमा आफुलाइ स्वस्थ राख्नुपर्नेमा जोड दिएका थिए । साथै बस्नेतले सम्मेलनबाट सर्वसम्मत चयन भएका अध्यक्ष यज्ञराज बस्नेत नेतृत्वको सिङ्गो जिल्ला कार्यसमितिको कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश प्रसाद सिंह, जिल्ला संयोजक टेक बहादुर रावल, जिल्ला सचिव इमाश्वर देवकोटा, वाइसिएल नेपाल, जाजरकोट फ्रयाक्सन इन्चार्ज इन्द्र प्रसाद गौतम, वाइसिएल नेपालका केन्द्रीय सचिव गणेश शाही, मनोज विक, पुर्व जनमुक्ति सेना नेपाल तथा घाइते अपाङ्ग केन्द्रीय विभाग प्रमुख असमिल शाही, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपमहासचिव रेशम अधिकारी, अनेम संघ (क्रान्तिकारी), जाजरकोट अध्यक्ष राममाया हमाल अतिथि रहेका थिए । सम्मेलनको उद्घाटन सत्र र घोषणा सत्रमा बोल्ने बक्ताहरुले सम्मेलन सफलता र कार्यकाल सफलताको भनाइद्धारा शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्