News Portal

(SUSWA) परियोजनाका सरसफाइ विज्ञले नलगाडमा गरे अनुगमन

डिजिटल संचार संवाददाता२०८२ जेठ १७
३४९ पटक

जाजरकोट
सबैका लागी दिगो खानेपानी, सरसफाई तथा स्वच्छता (SUSWA) आयोजनाका सरसफाइ तथा स्वच्छता विज्ञ र सल्लाहकारले नलगाड नगरपालिका–१२ मा अनुगमन गरेका छन् । आयोजनाले संचालन गरेका कृयाकलापहरुको विज्ञ र सल्लाहकारले अनुमन गर्नुको साथै हासिल प्रगतिको अवलोकन गरेका हुन् ।

(SUSWA) आयोजनाका सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्द रोकाय र (SUSWA) वास सल्लाहकार सुर्य थापाले नलगाड नगरपालिका–१२ स्थित दलित प्राथमिक विद्यालय र समुदाय स्तरमा अनुगन गरेका थिए । मंगलबार गरिएको अनुगमनबाट नलगाड–१२ मा आयोजनाले काम गरेको ठाउँमा सरसफाइको क्षेत्रमा उल्लेखिय प्रगति भएको सरसफाइ तथा स्वच्छता विज्ञ रोकायले बताए । परियोजनाले संचालन गरेको सरसफाइ तथा स्वच्छता अभियानमा नगरपालिकाले प्रत्यक्ष सहयोग गरेको वास सल्लाहकार थापाले बताए ।

आर्थिक बर्ष २०८२÷०८३ मा नलगाड नगरपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) इकाइले सरसफाइ तथा स्वच्छताको क्षेत्रमा तपोभुमी माध्यामिक विद्यालय, ध्यारगाउँ, दलित प्राथमिक विद्यालय बाइकाँडा र भगवति आधारभुत विद्यालय खातीगुर्तामा दस–दस लाख लागतका संस्थागत शौचालयको निर्माण कार्यलाइ अन्तिम चरणमा पु¥याएको नलगाड वास इकाइ संयोजक चन्द्र बहादुर पुनले जानकारी दिए । विस्तारित खानेपानी सुरक्षा अन्तरगत सागबारी खानेपानी आयोजना नलगाड–३ टट्टा र सालघारी खानेपानी आयोजना नलगाड–७ गरी दुइ वटा खानेपानी आयोजना निर्माणाधिन अबस्थामा रहेको संयोजक पुनले बताए । आयोजनाको मुख्य लक्ष्य सरसफाइ तथा स्वच्छता कायम गरि सभ्य र सुसंस्कृत समाजको परिकल्पना गर्नु रहेको बताउदै संयोजक पुनले ५९ वटा आधारभुत शौचालय, २५० वटा सुधारिएका शौचालय, ३९४ वटा हातधुने स्थान निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिए । आगामी बर्षमा परियोजनाले २०८२÷०८३ मा नलगाड नगरपालिकामा ६ वटा खानेपानी आयोजना, ५ वटा शौचालय र पूर्ण सरसफाइ टोल घोषणाको तयारीलाइ पुरा गर्ने लक्ष्य राखेको संयोजक पुनले जानकारी दिएका छन् । स्थानीय जनप्रतिनीधि, आमा समुह, किशोरी समुह, बाल क्लव, स्वयंसेविका, विद्यालयको सहयोगमा वास इकाइको सहजीकरणमा पूर्ण सरसफाइ अभियान अगाडी बढाइने संयोजक पुनले बताए ।

सबैका लागी दिगो खानेपानी, सरसफाई तथा स्वच्छता (SUSWA) आयोजना नेपाल सरकार र फिनल्याण्ड सरकार बीचको द्विपक्षिय सम्झौता अनुसार संचालित आयोजना हो । नेपाल सरकार, फिनल्याण्ड सरकार र युरोपेली युनियनको सहयोगमा सबैका लागि दीगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) आयोजनाले पश्चिम नेपालमा अवस्थित कर्णाली प्रदेशमा आयोजना संचालनको लागि छानिएका गाउँ÷नगरपालिकाहरुमा संचालित रहेको छ । कर्णाली प्रदेशको सल्यान, सुर्खेत, दैलेख, रुकुमपश्चिम, जाजरकोट, मुगु, कालीकोट, जुम्ला, डोल्पा र हुम्ला गरी १० जिल्लाका २८ स्थानीय तहमा आयोजनाले काम गरिरहेको छ ।

परिणामका क्षेत्रमा सबैका लागी खानेपानी सरसफाई तथा स्वच्छता सेवाका लागी लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागी सक्षम वातावरण निर्माण गरि शासनमा सुदृढिकरण गर्ने, जलवायु उत्थानशिल सुरक्षित र निरन्तर खानेपानीको आपुर्ति र दिगो सरसफाई तथा स्वच्छता र महिनाबारी व्यवस्थापनका क्षेत्रमा आयोजनाले काम गर्दै आएको छ ।

आयोजना लागु भएका स्यानीय तहहरुको योजना र योजना कार्यान्वयन चक्रलाई विभिन्न तहमा आवश्यक प्राबिधिक सहयोग, क्षमता अभिवृद्धि र लगानीका लागि पुँजीगत कोष उपलब्ध गराएर सहयोग पुरयाउनु आयोजनाको समग्र दृष्टिकोण रहेको छ । कर्णाली प्रदेशका बासिन्दाहरुको खानेपानी र सरसफाई जस्ता आधारभूत सेवामा उनीहरुको पहुँच, गुणस्तर र पानी सुरक्षाको सुनिश्चितताका साथै स्थानीय सेवा प्रदायकहरुको क्षमता अभिवृद्धि गरि मानव अधिकारमा आधारित मापदण्ड अनुसार योजना तर्जुमा र बजेट बिनियोजन गरि सेवा प्रवाहमा आयोजनाले लगानी गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्