–भवानी शाही२०८२ जेठ २८

मेरो पनि त छ नि अनौठो रहरको जिन्दगी,
कस्तो हुदो हो?सोच्छु अफिसरको जिन्दगी !
कति धस्सिरहन्छन बा गाउँको खेतबारीमा,
एकपटक देखाउन मन छ सहरको जिन्दगी !
आमाको अँखामा आँसु, बाको निधारको दुख,
कसरी बदल्न सकिन्छ? गाउँ घरको जिन्दगी !
गरी अविराम संघर्ष आफूलाई साबित गर्छ,
केही सिक्न सकिन्छ हेरेर बगरको जिन्दगी !