News Portal

जन्म दिनको अबसरमा राउटे समुदायलाई वलीले गरे नगद, चामल र कपडा हस्तान्तरण

१८२ पटक

स्वास्थ्य सुरक्षा सम्बन्धि दिए जानकारी
जाजरकोट
भेरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक बहादुर वलीले राउटे समुदायलाई नगद, चामल र कपडा हस्तान्तरण गर्नुको साथै स्वास्थ्य सुरक्षा सम्बन्धि जानकारी दिएका छन् । घुमन्ते जीवन विताई रहेका राउटे समुदायको बस्तीमा पुगेर बिहिबार वलीले नगद, चामल र कपडा हस्तान्तरण गर्नुको साथै स्वास्थ्य सुरक्षाको जानकारी दिएका हुन् ।

४० बर्ष पुगेको दिनको अबसरमा शाखा प्रमुख वली राउटे समुदायको बस्तीमा पुगेका थिए । सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका–११ झुप्राखोला पुगेर आफुले राउटे समुदायलाइ पाँच हजार नगद, एक बोरा चामल र गर्भवति तथा सुत्केरी महिलाहरुको लागि कपडा हस्तान्तरण गरेको वलीले जानकारी दिए ।

राउटे समुदायले भिटामिन “ए” र जुकाको औषधि सेवन गरे, नगरेको जानकारी लिनुको साथै उनीहरुलाइ स्वास्थ्य सुरक्षा सम्बन्धि जानकारी दिएको वलीले बताए । अत्याधिक मदिरा सेवनले सिङ्गै राउटे समुदायको स्वास्थ्य अबस्था कमजोर बन्दै गएको मैले पाए वलीले भने, “राउटे समुदायको स्वास्थ्य अबस्थामा सुधार ल्याउन अत्याधिक मदिरा सेवनको लतबाट छुटाउन आबश्यक छ, यसका लागि सरकार र सरोकारवाला निकायले ध्यान दिन आबश्यक छ ।”

प्रतिकृया दिनुहोस्