News Portal

Ipas Nepal र SMNF नेपालद्धारा नलगाड स्थानीय विपद व्यवस्थापन समितिलाइ त्रिपाल हस्तान्तरण

८९ पटक

जुनु परियार
जाजरकोट
Ipas Nepal र SMNF नेपालले नलगाड नगरपालिकाको स्थानीय विपद व्यवस्थापन समितिलाइ त्रिपाल हस्तान्तरण गरेको छ । विपदको समयमा प्रयोग गर्न नलगाड स्थानीय विपद व्यवस्थापन समितिलाइ Ipas Nepal र SMNF नेपालले सोमबार त्रिपाल हस्तान्तरण गरेको हो ।

Ipas Nepal र सुरक्षित मातृ संजालको साँझेदारीमा सञ्चालित SRHR परियोजनाले नलगाड स्थानीय विपद व्यवस्थापन समितिलाइ ४१ थान त्रिपाल हस्तान्तरण गरेको नलगाड नगर स्वास्थ्य शाखामा कार्यरत मोह खड्काले जानकारी दिए ।

एक लाख १५ हजार २०० मुल्य परेका ४१ थान त्रिपाल Ipas Nepal का विभागिय प्रमुख माधव ढकाल र SMNF नेपालका भीम बहादुर साउदले नलगाड नगरपालिकाका प्रमुख डम्मर बहादुर रावत र उप–प्रमुख देवका लामिछानेलाइ संयुक्त रुपमा उक्त त्रिपाल हस्तान्तरण गरेका थिए । नलगाड नगरपालिकामा प्रजनन् स्वास्थ्य र विपद व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेलेको बताउदै नगर प्रमुख रावतले SMNF नेपाललाइ धन्यवाद दिएका थिए ।

 

प्रतिकृया दिनुहोस्