News Portal

एपेन्डिसाइटिसको अप्रेशनपछि थापाको अनुहारमा खुशियाली

१३६ पटक

दिप बहादुर घर्ती
जाजरकोट
जाजरकोट जिल्ला अस्पतालमा एपेन्डिसाइटिसको सफल अप्रेशनपछि रण बहादुर थापाको अनुहारमा खुशिया छाएको छ । पाकेर पिप जमेको एपेन्डिसाइटिसको पीडाले अर्धमुर्छित थापा सफल अप्रेशनपछि उनको अनुहारमा खुशियाली छाएको हो ।

खिल परेर बल्झिएको काँढा झिके जस्तै अनुभुति गरेका थापाले होस खुलेपछि अस्पतालको बेडबाटै एपेन्डिसाइटिसको अप्रेशनमा संलग्न चिकित्सक, एनेस्थेसिया र नर्सहरुलाइ धन्यवाद दिएका छन् । एपेन्डिसाइटिसको पीडाले मरेतुल्य भइसकेको थिए, अप्रेशन पछि बल्ल होस खुल्यो थापाले भने, “यसको पीडा कस्तो हुदो रहेछ भन्ने कुराको पहिलो पटक अनुभव गरे ।”

एपेन्डिसाइटिस भएर बेहोस भएका कुशे गाउँपालिका–५ दम्दालाका थापालाइ गाडीमा राखेर बुधबार दिउसो अस्पतालमा पु¥याइएको थियो । विरामीको अबस्थालाइ देखेर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु डराएका थिए । जाजरकोट जिल्ला अस्पतालमा ६ महिनादेखि निरन्तर रुपमा सर्जन अप्रेशनहरु भइरहेको भएतापनि थापाको एपेन्डिसाइटिसको अपे्रशन पहिलो पटक गरिएको एनेस्थेसिया तथा ओटी ईन्चार्ज महेश केसीले जानकारी दिए ।

५२ बर्षिय थापाको एपेन्डिसाइटिस अप्रेशनमा जनरल सर्जन डा. राहुल महासेट, डा. दया, स्क्रुब नर्स मन्जु धामी, सर्कुलेटिङ नर्स चेतना वली, एनेस्थेसिया तथा ओटी ईन्चार्ज महेश केसी र सहयोगी सुरेश शाही सहभागी भएको इनचार्ज केसीले बताए ।

प्रतिकृया दिनुहोस्