News Portal

बाबा–आमाको सपना र लागुऔषध दुव्र्यसन विरुद्धको अन्तर्राष्ट्रिय दिवस

१४१ पटक

दिप बहादुर घर्ती
जाजरकोट
संसारकै अनमोल सम्पति भनेको आफुले जन्म दिएका छोरा–छोरी हुन् । आजको पुँजीवादी युगले नीजि स्वामित्वलाइ महत्व दिने गरेको । बाबा–आमाको लागि सबै भन्दा नजिकको र महत्वपूर्ण नीजि स्वामित्व भनेको छोरा–छोरी हुन् । हरेक बाबा–आमाले छोरा–छोरीमा आफ्नो भविश्य देखेका हुन्छन् । अनेकौ कठिनाइ सहेर छोरा–छोरीको खुशी खोजी रहेका बाबा–आमाले छोरा–छोरीको सानो सफलता, खुशी र प्रगतिमा गर्व गरिरहेका हुन्छन् । बाबा–आमाको नजरमा छोरा–छोरी कहिल्यै टाढा हुन सक्दैनन र कहिल्यै भुल्न नसक्ने हृदयका टुक्रा जस्तै हुन्छन् । बास्तविक जीन्दगीको अर्थनै छोरा–छोरी हुन् ।

सधैभरी स्नेहीता र ममता प्रदान गर्ने, आँट दिने, हौसला प्रदान गर्ने, सधै साथ दिने, जीवनको पहिलो साथि बाबा–आमाको सुन्दर सपनालाइ कयौं छोरा–छोरीले तुसरापात बनाएका हुन्छन । आफ्ना छोरा–छोरीले पढेर बैभवशाली बनुन, धेरै ज्ञान–विज्ञानको कुराहरु जानुन, अरुका छोरा–छोरीको तुलनामा आफ्नो छोरा–छोरी संस्कारी बनुन भन्ने हरेक बाबा–आमाको सोचाइ रहेको हुन्छ ।

छोरा–छोरीमा खुशी देखिरहेका र उज्वल भविश्यको सुन्दर सपना सजाइ रहेका कयौं बाबा र आमाहरुको सपनालाइ पुरा हुन नदिने आजको सोसाइटी (सामाजिक परिवेश) पनि एउटा कारण बन्न पुगेको छ । कुनै परिश्रम नगरेर आजको युवा पुस्ताले आरोग्यता चाहान्छ । उसलाइ आराम मात्र हैन, सबैभन्दा मिठो खानेकुरा चाहिएको छ । सुन्दर देखिनका लागि राम्रो कपडा किन्नु परिरहेको छ । मनोरञ्जनपूर्ण विलासिन जीवन जिउनु आजको युवा पुस्ताको मख्य चहाना हो ।

आरामदायि सुख, मनोरञ्जनपूर्ण विलासिन्ताको खोजीमा कयौं युवा–युवतिहरु कुलतमा फसेको देखिन्छ । लागुऔषध दुव्र्यसनीको लतमा लागेर फर्किएको फुल जस्तै युवा जिन्दगीलाइ बर्वादीको दिशातर्फ धकेली रहेको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विगत १० बर्षमा विश्वमा लागुऔषध दुव्र्यसन ४५ प्रतिशत बृद्धि भएको छ । विश्वमा १५ देखि ६४ बर्ष उम्मेर समुहका ४ करोड नागरिकहरु लागुऔषध दुव्र्यसनको लतमा फसेका छन् । लागुऔषध प्रयोगकर्ता सर्वेक्षण अनुसार नेपालमा नियमित लागु औषध प्रयोगकर्ताको संख्या ३ देखि ४ लाख पुगेको अनुमान गरिएको छ । प्रयोकर्ताको प्रतिबर्ष बृद्धिदर ५.०६ प्रतिशत रहेको छ ।

सन् १९८० को वरिपरि लागुऔषध प्रयोग विश्वभरी तिव्र गतिमा फैलिएको थियो । विशेष गरी लागुऔषधको प्रयोगबाट युवा पुस्तानै बढि प्रभावित भएको थियो । त्यसैलाइ रोक्न सन् १९८७ मा सम्पन्न संयुक्त राष्ट्र सम्मेलनले घोषणा गरेको लागु औषध दुव्र्यसन विरुद्धको अन्तर्राष्ट्रिय दिवस सन् १९८९ देखि हरेक बर्ष मनाउने गरिएको छ । अफिम तस्कर विरुद्ध चालिएको ऐतिहासिक कदमको मिति (जुन २६) लाई लागु औषध दुव्र्यसन विरुद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने गरिएको छ । यस दिवसलाइ नेपालमा पनि मनाउने गरिएको छ ।

ब्रिटेनका व्यापारीहरुले अवैध रुपमा चीनको हुमेनमा भित्र्याएको १० लाख किलो अफिम चिनिया अफिसर लिन जेक्सुले सन् १८३९ को जुन २५–२६ जफत गरेर केही आगोमा जलाएर, केही पानीमा मिसाएर नष्ट गरेका थिए । जेक्सुले चालेको लागुऔषध दुव्र्यसन विरुद्धको ऐतिहासिक कदमलाइ विश्वमा अनुकरणिय कार्यका रुपमा स्वीकार गरियो । जुन २६ लाइ लागुऔषध दुव्र्यसन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको आधार बनाइएको हो ।

भित्र–भित्रै भुसको आगोको चालमा संसारभरी फैलिएको लागुऔषध दुव्र्यसनीलाइ कहिल्यै ननिभ्ने तेलको खानीमा लागेको आगोको लाभा हुनबाट जोगाउन लागुऔषध दुव्र्यसन विरुद्ध अन्तर्राष्ट्रिय दिवस–२०८२ ले सबैलाइ नयाँ प्रेरणा, हौसला र तागत पैदा गर्नेछ भन्ने विश्वास पैदा भएको छ ।

लागु औषध दुव्र्यसनको कुलतबाट युवा पुस्तालाइ जोगाउन लागुऔषध दुव्र्यसन विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिएको छ । दिवसका माध्यामबाट लागु औषध दुव्र्यसनीले शिक्षा, रोजगारीका अबसर गुम्नबाट जोगाउन युवा–युवतिलाइ सचेत गराउने, लागुऔषधको तस्करीलाइ रोक्न अन्तर्राष्ट्रिय सहकार्यलाइ सदृढ गर्न लागुऔषध दुव्र्यसन विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउन आबश्क छ ।

लागुऔषध दुव्र्यसनले व्यक्तिगत जीवन र समाजमा पार्ने असरहरुका बारेमा सचेतना अभिबृद्धि गर्न लागुऔषध दुव्र्यसन विरुद्धको अन्र्राष्ट्रिय दिवसले महत्वपूर्ण भुमिका खेल्दै आएको छ । लागुऔषध सेवनले परिवार, समुदाय र समाजमा आएको विघटनमा सामाजिक एकता तथा भातृत्व कायम गर्न दिवसको महत्वपूर्ण योगदान रहने गरेको छ । लागुऔषध सेवनले मानसिक, शारिरिक र भावनात्मक स्वास्थ्यमा पारेको प्रभावका विषयमा चर्चा परिचर्चा गर्नुको साथै पुनःस्थापना तथा उपचार विधिको सन्देश प्रवाह गर्न दिवस एक महत्वपूर्ण माध्याम बन्ने गरेको छ । दिवसले तस्करी, हिंसा तथा अपराध नियन्त्रण गर्न सचेत गराउने गर्दछ । लागुऔषध दुव्र्यसन विरुद्धको नीति तथा कार्यक्रम निर्माण गर्न नीति निर्मातालाइ दवाव दिनुको साथै दिवसले लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धि प्रतिवद्धता जाहेर गर्ने सरकारका लागि महत्वपूर्ण मञ्च पनि हो ।

शहरिया जीवनशैली तिब्र प्रभाव रहेको सडक, यातायात, विद्युत, नेट–इन्टरनेट जस्तो संचार सुविधा भक्खरै पुगेका पहाडी जिल्ला सरमुकाम आसपास र जिल्लाका साना–ठुला बजार क्षेत्रमा लागुऔषध दुव्र्यसनको प्रभाव गति तिब्र रुपमा बढेको देखिन्छ । लागुऔषधको कुलतमा फसेको भावी पुस्तालाइ अहिलेको एआइको टेक्नोलोजिसंग प्रतिष्पर्दा गर्नसक्ने विवेक गुमाउन नदिन हरेक बालबालिकाका अविभाव र सरोकारवाला निकाय सचेत हुन आबश्यक छ । बाबा–आमाले सपनाको संसार बनाएका छोरा–छोरीलाइ सहि मार्गदर्शन गर्न सक्नु पर्दछ । छोरा–छोरीलाइ सहि मार्गदर्शन गर्न हरेक अभिवावकले बालबालिकाको अबस्था पहिचान गर्ने, अबस्था पहिचान पछि समधानात्मक विधिको खोगी गरि लागु गर्ने, त्यसपछि उपचारात्मक विधिको पहिचान गरी कार्यान्वयन गर्न तयार हुन आबश्यक छ ।

धन्यवाद ।।

(लेखकः घर्ती पत्रकार हुन् ।)

प्रतिकृया दिनुहोस्