News Portal

जाजरकोटमा विभिन्न कार्यक्रमको आयोजना गरेर लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने तयारी

४७ पटक

जाजरकोट
विभिन्न कार्यक्रमको आयोजना गरेर जाजरकोटमा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०८२ मनाउने तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरेर लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०८२ मनाउने निर्णय गरेको हो ।

आइतबार बसेको बैठकले लागुऔषधलाइ मुलप्रवाहीकरण गर्न जिल्लाका सबै स्थानीय तहहरुसंग नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न अनुरोध गर्ने निर्णय गरेको छ । खुल्ला सिमा, नाका तथा यातायातका साधनहरुमा लागुऔषध ओसार पसारको कडा रुपमा चेकजाँच तथा अनुगमन गर्ने बैठकले निर्णय गरेको प्रजिअ मंग्रातीले जानकारी दिएका छन् । भेरी नगरपालिका भित्रका विद्यालयहरुमा लागुऔषध दुव्र्यसन तथा ओसार पसार सम्बन्धी चेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरिएको छ । त्यसैगरी लागुऔषध दुव्र्यसन सम्बन्धी रेडियो परिसम्वाद कार्यक्रम संचालन गर्ने निर्णय गरिएको प्रजिअ मंग्रातीले जानकारी दिएका छन् ।

लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०८२ को असार १२ गते जिल्ला सदरमुकाम खलंगाको गैरीखालीबाट सुरु गरिएको प्रभातफेरी भेरी नगरपालिकाको सभाहलमा आएर औपचारिक रुपपमा कार्यक्रमको समापन गर्ने निर्णय गरिएको बताईएको छ ।

प्रतिकृया दिनुहोस्