जाजरकोट
कुशे गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक प्रकाशन गरेको छ । “हाम्रो कुशे, राम्रो खुशी” शिर्षकमा रहेको प्रकाशित स्थानीय पाठ्यपुस्तक कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाइ गाउँपालिकाले वितरण गरेको हो ।
शैक्षिक सत्र २०८२ को लागि प्रकाशति स्थानीय पाठ्यपुस्तक गाउँपालिकाका ५५ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ वितरण गरिएको गाउँ शिक्षा, युवा तथा खेलकुद विकास शाखामा कार्यरत जनक बहादुर शाहले जानकारी दिए । “हाम्रो कुशे, राम्रो खुशी” शिर्षकको स्थानीय पाठ्यपुस्तक कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत ३ हजार ६१८ जना विद्यार्थीहरुको हातहात पु¥याएका छौं शाहले भने,‘पाठ्यक्रम विकास केन्द्रसंगको सहकार्यमा गाउँपालिकाले प्रकाशन गरेको स्थानीय पाठ्यपुस्तकमा कुशे गाउँपालिकाको ईतिहास, भुगोल, धर्म, संस्कृति र भाषालाइ समेटेर निर्माण गरिएको छ ।’
कक्षा ६ देखि कक्षा १० सम्मको स्थानीय पाठ्यपुस्तक निर्माण भइरहेको जानकारी दिदै शाहले पाठ्यक्रम विकास केन्द्रमा सुचीकृत विज्ञ तथा पुर्व शिक्षा उप–सचिव जित बहादुर शाहको सहजीकरणमा उक्त पाठ्यपुस्तक निर्माण गरिएको जानकारी दिए ।