जाजरकोट
छेडागाड नगरपालिका–१३ कार्कीगाउँ स्वास्थ्य चौकीको प्रसुति भवनको अन्तिम अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति, छेडागाड नगरपालिका, वान हर्ट वल्र्डवाइड, पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र स्वास्थ्य सेवा कार्यालयको संयुक्त टोलीले बुधबार कार्कीगाउँ स्वास्थ्य चौकीको प्रसुति भवनको अन्तिम अनुगमन गरेको थियो ।
वान हर्ट वल्र्डवाइड र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले संचालन गरेको मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सुदृढीकरण परियोजना मार्फत नगरपालिकासंगको लागत साझेदारीमा कार्कीगाउँ स्वास्थ्य चौकीको प्रसुती भवन मर्मत कार्यक्रम संचालन भएको थियो । २०८० कातिक १७ गते मध्यराति गएको भुकम्पबाट क्षेतिग्रष्त भएको प्रसुती भवनको मर्मत सम्मार गरिएको हो ।
उक्त भवन मर्मत सम्मारमा छेडागाड नगरपालिकाले ८ लाख १२ हजार ९९२ लागत साँझदारी गरेको छ वान हर्ट वल्र्डवाइड जिल्ला संयोजक नारायण प्रसाद धितालले भने, “वान हर्ट वल्र्डवाइड र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको २५ लाख ३६ हजार ७५० लागत साँझेदारी रहेको छ ।” मर्मत सम्मार कार्यलाइ समयमै सम्पन्न गरि समयमै भुक्तानी निकासा गर्न छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापाले सुझाव दिएका थिए ।
लागत साँझेदारमा मर्मत सम्मार गरिएको प्रसुती भवनलाइ आबश्यक पर्ने २ लाख ४६ हजार २६० रुपैया ८९ पैसा लागत मुल्यका वेड, औषधि, उपकरण लगाएतका सामाग्री वान हर्ट वल्र्डवाइड र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले कार्कीगाउँ स्वास्थ्य चौकीलाइ हस्तान्तरण गरेको थिए । सोही दिन वान हर्ट वल्र्डवाइड र पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले १ लाख ५० हजार भन्दा बढि लागत मुल्यका प्रसुती गृहमा चाहिने सामाग्रीहरु भेरी नगरपालिका–९ पोखरा स्थित स्वास्थ्य चौकीलाइ हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका सहसचिव बलराम शाहले जानकारी दिए ।
मर्मत सम्मार कार्य भइरहेको उक्त भवनको अन्तिम अनुगमन तथा सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति, जाजरकोटका उप–प्रमुख दल बहादुर सिंह, छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, छेडागाड नगरपालिका–१३ का वडा अध्यक्ष मोतिलाल खत्री, वान हर्ट वल्र्डवाइड जिल्ला संयोजक नारायण प्रसाद धिताल, पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट सहसचिव बलराम शाह, कार्यक्रम निर्देशक टेक बहादुर सुनार, स्वास्थ्य सेवा कार्यालयमा कार्यरत डा. राजुराज शाही, नगरपालिकाका खापसटे झलक खत्री, कम्प्युटर अप्रेटर भरतलाल जैसी, पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका कार्यक्रम संयोजक सुरेन्द्र सापकोटा, पाँचतारा युवा संरक्षक मञ्चका कर्मचारी दिपक कार्की, स्वास्थ्य चौकी ईन्चार्ज सहदेव बस्नेत, भेरी नगरपालिका–८ का वडा अध्यक्ष हिरा प्रसाद शर्मा, भुर स्वास्थ्य चौकी ईन्चार्ज लाल बहादुर खड्का लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।