News Portal

रगत अभावमा आमाको मृत्युपछि १३ दिने शिशु विचल्लीमा

९४ पटक

जाजरकोट
भेरी नगरपालिका–२ रिसाङ्गमा १३ दिने शिशु विचल्लीमा परेको छ । रगतको अभावले आमाको मृत्यु भएपछि १३ दिने शिशु विचल्लीमा परेको हो ।

सुत्केरी भएपछि रगतको अभावले भेरी नगरपालिका–२ रिसाङ्गकी २४ बर्षिय सारदा वलीको मृत्यु भएको थियो । सुत्केरी भएकै दिन सारदाको मृत्यु भएको नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष जनक केसीले जानकारी दिए । सारदाको लोग्ने आनन्द वली सुस्त मनस्थितिका छन् पूर्वअध्यक्ष केसीले भने, “भुकम्पले घर भत्किएको छ, ओत लाग्ने बास छैन, जेठी छोरी जमुना ६ बर्षकी छन्, माइली छोरी सुस्मिता २ बर्षको भइन र कान्छी छोरी सुनिता १३ दिनको भइन्, सुनिताको हेरचाह जमुनाले गरिरहेकी छन् ।”

आमाको मृत्यु भएको १३ औं दिनको सुद्धिकार्यको दिनसम्म शिशुको हेरचाह गाउँले तथा आफन्तहरुले गरेता पनि आगामी दिनमा लालनपालनको मुख्य जिम्मेवारी ६ बर्षिय जमुना वलीको थाप्लोमा आइ पुगेको छ । संरक्षण, सुरक्षा, विकास र सहभागीता जस्ता बाल अधिकारको खोजी गर्नेवेला जमुनाले शिशुको आमाको भुमिकाको जिम्मेवारी समाल्नुपर्ने बाध्यता आइ परेको पूर्व अध्यक्ष केसीको भनाइ रहेको छ ।

विचल्लीमा परेको शिशुको पालनपोषणको जिम्मेवारी लिन सक्ने कुनै संघ÷संस्था वा व्यक्ति भएमा जिम्मेवारी दिन सक्ने मनसायमा पुगेको बुवा आनन्दलाइ उदृत गर्दै पूर्व अध्यक्ष केसीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्