News Portal

जाजरकोट पूर्णखोपयुक्त सुनिश्चितता तथा दिगोपना घोषणा

१२७ पटक

जाजरकोट
जाजरकोट जिल्लालाइ पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । भव्य कार्यक्रमको आयोजना गरेर शुक्रबार जाजरकोटलाइ पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

जन्मेको १५ महिना भित्र लगाइने १३ प्रकारका नियमित निशुल्क खोप लगाउन छुटेका ६७ जना बालबालिकाहरुको खोप पुरा गरेपछि जाजरकोट जिल्लालाइ शुक्रबार पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डा. सुनिल पुनले जानकारी दिएका छन् । २०७९ सालदेखि जाजरकोट जिल्लालाइ हरेक बर्ष पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । दिगोपना कायम गर्न जिल्लालाइ प्रत्येक बर्ष पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ । जन्मेको १५ महिना भित्रका बच्चाहरुले क्षयरोग, भ्यागुते रोग, लहरे खोकी, धनुष्टांकार, हेपाटाइटिस बि, पोलियो, एफआइपीभि, पिसीभी, दादुरा–रुवेला, जेइ, टिडी जस्ता १३ प्रकारका खोप ५ हजार ७७९ जना बालबालिकालाइ लगाएको सोप सुपरभाइजर शान्त बहादुर बुढाथोकीले जानकारी दिएका थिए ।

खोप लगाउन छुटेका १६ देखि २३ महिनाका बालबालिकाहरुको सर्वे गरेर खोप पुरा गरेको बुढाथोकीले बताए । प्रत्येक बर्षको माघ, फागुन र चैत महिनामा खोप लगाउन छुटेका बालबालिकाहरुको सर्वे गर्ने र बैसाख महिनामा छुटेका बालबालिकाहरुको खोप पुरा गरेर जेठ वा असार महिनामा पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम गर्ने कार्यतालिका रहेको बुढाथोकीले बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेखिय प्रगति भएको कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा कर्णाली प्रदेश सभा “क” का साँसद एवं कार्यक्रमका प्रमुख अतिथि बेदराज सिंहले बताए । ६८ बर्ष औषध आयुलाइ संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात नेपालीको औषध आयु ७२ बर्ष पुगेको साँसद सिंहले जिकिर गरेका थिए । ७२ बर्षपनि कर्णाली बासीको औषध आयु अझ बढि रहेको साँसद सिंहले भनाइ राखेका थिए । जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति, जाजरकोट प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा ओजित घोषणा कार्यक्रममा जुनीचाँदे गाउँपालिकाका अध्यक्ष बेद बहादुर शाही, छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत टीकाराम जैसी, नेपाली काँग्रेस जाजरकोट कावा सभापति खडक बहादुर बिसी, नेकपा एमाले जाजरकोट उपाध्यक्ष विश्व विक्रम शाह, नेकपा (माओवादी केन्द्र) जाजरकोट सचिव इमाश्वर देवकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दिपक खनाल, गैरसरकारी महासंघ जाजरकोट अध्यक्ष सहदेव बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका अध्यक्ष खत्रीले घोषणा–पत्र पढेर जाजरकोट जिल्लालाइ पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपना घोषणा गरेका थिए ।

पूर्ण खोपयुक्त सुनिश्चितता तथा दिगोपनामा पत्यक्ष तथा परोक्ष रुपमा योगदान गर्ने स्वास्थ्यकर्मी, खोप कार्यकर्ता, महिला स्वास्थ्य स्वयमसेविका, जिल्लाका सात वटै स्थानीय तह, नेपाल प्रहरी, पाँचतारा युवा संरक्षक मञ्च, पहाडी क्षेत्र विकास अभियान जाजरकोट लगाएतका गैरसरकारी संस्था, कार्यालय सहयोगी, गाडी चालकहरुलाइ दोसल्ला र सम्मान–पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्