News Portal

एसइइ परीक्षामा ३.६० भन्दा माथिको जिपीए ल्याउन सफल विद्यार्थीहरुलाइ नलगाडमा नेविसंघले ग¥यो सम्मान

२७८ पटक

जाजरकोट
प्रवेशिका परीक्षा (एसइइ) मा ३.६० भन्दा माथिको जिपीए ल्याएका विद्यार्थीहरुलाइ नेपाल विद्यार्थी संघ, नलगाड नगर समिति सम्मान गरेको छ । विशेष कार्यक्रमको आयोजना गरेर नेविसंघ नलगाड नगर समितिले सोमबार उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाइ सम्मान गरेको हो ।

१० वटा माध्यामिक विद्यालयबाट एसइइ परीक्षामा सहभागी विद्यार्थीहरुमध्ये ३.६० भन्दा माथिको जिपीए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरुलाइ सम्मान गरिएको नेविसंघ नलगाड नगर समितिका सभापति हेमराज पुन मगरले जानकारी दिए । सभापति पुनले दिएको जानकारी अनुसार सम्मानित हुने विद्यार्थीहरुमा संजिव खत्री, विपिन शम्शेर रावल, कविन्द्र बाबु पुन, मनिका बुढा, विवेक गौतम, विराज सिंह, राधिका गिरी र विजय सिंह रहेका छन् ।

नलगाडबाट एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका उक्त विद्यार्थीहरुलाइ नेविसंघले दोसल्ला, सम्मान–पत्र सहित नगद पुरस्कार प्रदान गरेर सम्मान गरेको सभापति पुनले जानकारी दिएका छन् । त्यसैगरी नेविसंघ नलगाड नगर समितिले त्रिभुवन माध्यामिक विद्यालय दल्ली र विरेन्द्र हिमालय माध्यामिक विद्यालय तल्लुलाइ सम्मान गरेको थियो ।

नलगाड नगरपालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्नुको साथै नयाँ विद्यार्थीहरुमा शैक्षिक उर्जा पैदा गर्न नेविसंघले सम्मान तथा बधाइ कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

हेमराज पुनको अध्यक्षतामा आयोजना गरिएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि नेविसंघ जाजरकोट सभापति अनिश कुमार कार्की रहेका थिए भने, विशेष अतिथि नेपाली काँग्रेस जाजरकोट सह–सचिव तथा प्रवक्ता छवी पन्त रहेका थिए । त्यसैगरी उक्त कार्यक्रमको विशेष अतिथिमा नलगाड नगरपालिकाका शिक्षा शाखा प्रमुख बलवीर विक रहेका थिए ।

प्रतिकृया दिनुहोस्