News Portal

मानव अधिकारको सम्मान गर्न मानव अधिकार रक्षक सञ्जाल जाजरकोटको ध्यानाकर्षण

१०९ पटक

जाजरकोट
मानव अधिकारको सम्मान गर्न मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, जाजरकोटको हिरासतमा राखिएका बन्दी विराजन शाहीको विषयमा केन्द्रित भएर मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले स्थानीय प्रशासनको ध्यानाकर्षण गरेको हो ।

स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको विषयलाइ मानव अधिकार रक्षक सञ्जालले विज्ञप्ती मार्फत सार्वजनिक गरेको छ । विज्ञप्तीमा भनिएको छ,‘मानव अधिकार रक्षाका लागि पहल गरि दिन वन्दी थुनुवाका परिवारवाट मानव अधिकार संस्था र नागरिक समाजको ध्यानाकर्षण गराईएकोमा बन्दी र प्रहरी अधिकारी संग स्थलगत अवलोकन तथा छलफल गरिएको छ ।’

जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिने बन्दीहरुको मानव अधिकारको सम्मान गर्न ध्यानाकर्षण गराइएको छ र सोही विषयलाई यो संयुक्त विज्ञप्ति मार्फत स्थानीय प्रशासन र प्रहरीको गम्भीर ध्यानाकर्षण गराउदछौं सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको छ,‘विभिन्न घटनामा न्याय र सुरक्षाका लागि प्रहरी कार्यालयहरुमा सूचना दिन तथा उजूरी दिन आउने पीडित व्यक्तिहरुलाई राज्यका निकाय पीडित नागरिकका पक्षमा रहने आभाष हुने गरी आवश्यक सहयोग तथा सहजीकरण गर्न, विभिन्न घटनाका पीडित पक्षलाई झन् पीडामा पर्न नदिन र सरकारको प्रतिवद्धता झल्किने गरी प्रहरी तथा प्रशासनको तर्फवाट सदैव पीडित व्यक्तिहरुलाई न्याय र सुरक्षा प्रदान गर्न एवं मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्न सादर ध्यानाकर्षणार्थ हार्दिक अपील गर्दछौं ।’

एम्नेष्टी इन्टरनेशनलबाट खम्बजंग शाह, इन्सेकबाट वासुदेव शर्मा, महिला मानव अधिकार रक्षक नागरिकबाट वीजया नगरकोटी, युवा मानव अधिकार रक्षकबाट प्रेम विक र समाज मानव अधिकार रक्षकबाट राजेन्द्र विक्रम शाहले जारी गरेको विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्