News Portal

जाजरकोटमा बाल संरक्षणका क्षेत्रमा काम गर्ने सरोकारवालाहरु बीच अन्तरक्रिया

२२४ पटक

जाजरकोट
जिल्ला सदरमुकाम खलंगामा सनिबार जिल्ला र स्थानीय तहमा बाल संरक्षण सम्बन्धि काम गर्ने सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । रम्वा होटल एण्ड शर्मा लजको सभाहलमा जिल्ला समन्वय समिति, जाजरकोटको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वल्र्ड भिजन इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रहरी नायव उपरीक्षक बशन्त कुमार शर्माले कार्यक्रममा बालबालिका सम्बन्धि कानुनी व्यवस्था, बालबालिका सम्बन्धि घट्ने घटनाहरु, हाल जिल्लामा घटेका घटनाहरु, घरबाट हराएका बालबालिकाहरुको बिबरण, घटना न्युनिकरण गर्न नेपाल प्रहरीले खेलेको भुमिका, जिल्ला प्रहरी कार्यालयमा रहेको महिला, बालबालिका सेवा केन्द्रले प्रवाह गर्दै आएका सेवाहरु र बालबालिकाका क्षेत्रमा देखिएका चुनौतिहरुका विषयमा प्रस्तुतीकरण मार्फत सहभागीहरुलाइ जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय, जाजरकोटका न्याधिवक्ता नविन कुमार भट्टले सहभागीहरुलाइ बाल न्यायिक प्रर्णाली, बाल न्याय सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनी व्यवस्था, संवैधानिक व्यवस्था लगाएतका विषयमा प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए ।

पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोट र वल्र्ड भिजन इन्टरनेशनलले भेरी र नलगाड नगरपालिकामा संचालन गरेको बाल स्पोन्सरशिप र समाबेशी गुणस्तरीय शिक्षा परियोजनाले संचालन गरेका कृयाकलापहरुको जानकारी परियोजना संयोजक बीरेन्द्र थारुले गरेका थिए । परियोजनाले दुइ वटा पालिकाका २५ वटा विद्यालयमा कार्यक्रम संचालन गरेको जानकारी दिदै परियोजना संयोजक थारुले परियोजनाले दुई वटा पालिका स्तरीय बाल अधिकार समिति, १४ वटा वडा बाल अधिकार समिति, २ वटा पालिका स्तरीय बालमैत्री स्थानीय शासन समिति, १४ वटा वडा स्तरीय बालमैत्री स्थानीय शासन समिति, २ वटा आमा समुह, २३ वटा बाल विकास केन्द्रमा काम गरिरहेको जानकारी दिएका थिए । परियोजनाले भेरी र नलगाड नगरपालिकाका जोखिममा रहेका ५ हजार ३०० बालबालिका स्पोन्सरशिप कार्यक्रममा दर्ता गरेको संयोजक थारुले बताएका थिए ।

अस्पतालमा आधारित एकद्धार संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति नारायाणी शाहले एकद्धार संकट व्यवस्थापन केन्द्रको अबधारणा, कानुनी व्यवस्था र यसले गर्ने कामको विषयमा सहभागीलाइ जानकारी गराएकी थिइन । बाल अधिकार संरक्षण समिति, कर्णाली प्रदेश सदस्य तथा नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले जिल्लाका सात वटै स्थानीय तहको बाल अधिकारको अबस्थाका विषयमा सहभागीहरुलाइ जानाकरी गराएका थिए ।

कार्यक्रममा छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्र बहादुर थापा, जुनीचाँदे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडक परियार, भेरी नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सारदा शर्मा, नलगाड नगरपालिकाका बालकल्याण अधिकारी प्रदिप रावलले बाल अधिकारका क्षेत्रमा संचालन गरेका कृयाकलापहरुको जानकारी गराएका थिए । साथै उनीहरुले बाल अधिकारका क्षेत्रमा गरेका असल अभ्यास, रहेका चुनौति र आगामी योजनाहरुको बारेमा जानकारी गराएका थिए ।

जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख काली बहादुर खत्रीको अध्यक्षतामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बाल अधिकार सम्बन्धि बनेका ऐन तथा कानुन र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु कार्यान्वयन गर्न सम्बन्धित निकाय बीच समन्वय, सहकार्य र साँझा प्रतिबद्धता आवश्यक रहेको भनाइ राखेका थिए । कार्यक्रममा नेपाली काँग्रेस जाजरकोटका कावा सभापति खडक विसी, नकपा एमाले, जाजरकोटका उपाध्यक्ष विश्व विक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दिपक खनाल, गैरसरकारी संस्था महासंघ, जाजरकोट अध्यक्ष सहदेव बस्नेत लगाएतका सहभागीहरुले प्रतिनीधिमुलक भनाइ राखेका थिए ।

कार्यक्रममा जिल्लामा बाल अधिकार संरक्षणका लागि ११ बुँदे सार्वजनिक सामूहिक प्रतिबद्धतामा सहभागीहरुले हस्ताक्षर गरेका थिए । औपचारिक कार्यक्रमको संचालन जिल्ला समन्वय समिति, जाजरकोटका सदस्य खडक बिसीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्