News Portal

जाजरकोटमा साइबेरियाली मलसाँप्रो सुचीकृत

३११ पटक

जाजरकोट
जाजरकोट जिल्लामा साइबेरियाली मलसाँप्रो सुचीकृत भएको छ । त्रिभुवन विश्व विद्यालयको केन्द्रीय जीव विज्ञान विभागद्धारा नियमित प्रकाशित हुने नेप्लिज जर्नल अफ जुलोजीमा प्रकाशित लेख मार्फत पहिलो पटक जाजरकोट जिल्लामा साइबेरियाली मलसाँप्रो सुचीकृत गरेको छ ।

प्रकृति संरक्षण अभियान नेपालले जाजरकोटको नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकाका विभिन्न जंगलमा ट्रयाप गरेको क्यामेरामा साइबेरियाली मलसाँप्रो कैद भएको कार्यक्रम संयोजक बद्री बरालले जानकारी दिए । मस्टेलिड प्रजाति अन्तरगत नेपालमा सुचीकृत भएका १३ प्रजातिका जनावरहरूमध्ये हालसम्मको अनुसन्धानबाट जाजरकोट जिल्लामा चार प्रजातिका मस्टेलिड (Mustelidae) जनावरहरू सुचीकृत भएको कार्यक्रम संयोजक बरालले बताए । जाजरकोटमा सुचीकृत भएका चार प्रजातिका मस्टेलिड (Mustelidae) जनावरहरूमध्ये साईबेरियाली मलसाँप्रो, पित्तोदार मलसाँप्रो, मलसाँप्रो तथा कालो ओत रहेका छन् कार्यक्रम संयोजक बरालले भने–‘साइबेरियाली मलसाँप्रोलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघका साथै, नेपालका स्तनधारी जीवहरूको स्थिति सम्बन्धी राष्ट्रिय रेड लिस्ट अनुसार ‘कम चिन्ताजनक’ तथा (Least Concern) श्रेणीमा मूल्याङ्कण गरिएको छ ।’

प्रकृति संरक्षण अभियान नेपालका कार्यक्रम संयोजक बद्री बरालको नेतृत्वमा दिपकराज बस्नेत, जीवन राईका साथै स्थानीयहरुमा कुशे गाउँपालिकाका जागृति शाही, दिनेश बस्नेत, बारेकोट गाउँपालिकाका गोविन्द बहादुर सिंह र नलगाड नगरपालिकाका धिरेन्द्र ध्यार सहितको टोलीले क्यामेरा ट्रयाप गरेर विभिन्न वन्यजन्तुको सर्वेक्षण गरेका थिए । उक्त टोलीले गरेको सर्वेक्षणबाट साइबेरियाली मलसाँप्रो सुचीकृत गर्न सफल भएको थियो ।

हालसम्म नेपालको गौरिशंकर संरक्षण क्षेत्र, लाङटाङ्ग राष्ट्रिय निकुञ्ज, ढोरपाटन सिकार आरक्ष, अपी–नम्पा संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र मकालु बारुण राष्ट्रिय निकुञ्जमा साइबेरियाली मलसाँप्रो सुचीकृत भएको थियो । राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्र बाहिर हुम्ला र मुगुमा सुचीकृत भएको थियो ।

त्रिभुवन विश्वविद्यालय, काठमाडौंको केन्द्रीय जीव विज्ञान विभागको नेप्लिज जर्नल अफ जुलोजीमा लेख प्रकाशित पछि पहिलो पटक जाजरकोटमा साइबेरियाली मलसाँप्रोको उपस्थिति औपचारिक रूपमा सुचीकृत भएको छ ।

प्रतिकृया दिनुहोस्