News Portal

नलगाडमा स्थानीय विपद तथा जलवायु उत्थानशिल कार्यढाचाँ प्रमाणीकरण कार्यशाला सम्पन्न

१६९ पटक

जाजरकोट
नलगाड नगरपालिकामा सोमबार स्थानीय विपद तथा जलवायु उत्थानशिल कार्यढाचाँ प्रमाणीकरण सम्बन्धि कार्यशाला सम्पन्न भएको छ । पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले संचालन गरेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुनस्र्थापना तथा आर्थिक समावेशिता सेवामा “पहुँच वृद्धि” र कर्णाली भूकम्प पुर्नलाभ जिविकोपार्जन परियोजनाको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा उक्त कार्यशाला सम्पन्न भएको हो ।

नगर प्रमुख डम्बर बहादुर रावतको अध्यक्षतामा सम्पन्न भएको कार्यशालाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो स्थानीय विपद तथा जलवायु उत्थानशिल कार्यढाचाँ तर्जुमा दिग्दर्शन–२०८१ बमोजिम कार्यढाचाँ–२०८२ निर्माण गरेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुनस्र्थापना तथा आर्थिक समावेशिता सेवामा “पहुँच वृद्धि” परियोजना संयोजक बीर बहादुर बिकले जानकारी दिए । उक्त कार्यढाँचामा समग्र विपद पूर्वतयारी र प्रतिकार्य योजना, स्थानीय अनुकूलन योजना, स्थानीय विपद तथा जलवायु उत्थानशीलता योजनासंग सम्बन्धित विष्यहरुलाइ समावेश गरिएको संयोजक बिकले बताए ।

कायर्ढाँचा निर्माणको मुख्य उद्देश्य प्रकोप सम्मुखता, ;सङ्कटासन्नता, क्षमता तथा जोखिम बुझ्ने, विपद् तथा जलवायू उत्थानशील गतिविधिहरूको आवधिक÷वार्षिक कार्यक्रम तथा बजेटमा मुलप्रवाहीकरण गर्ने, विपद् जोखिम न्यूनीकरण, पुर्वसूचना प्रणाली तथा पुननिर्माणका लािग सेण्डाई कायर्ढाँचा (सन् २०१५–२०३०), दिगो विकास लक्ष (सन् २०१५–२०३०) र पेरिस संझौता (सन् २०१५) लाई स्थानीय तहमा स्थानीयकरण गर्नु रहेको परियोजना संयोजक बिकको भनाइ रहेको छ ।

सम्पन्न कार्यशालामा नगर उपप्रमुख देवका लामिछाने, प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर पुन, कार्यपालिका सदस्यहरु, विषयगत शाखा प्रमुखहरु लगाएतको उपस्थिति रहेको थियो । कार्यशालामा स्थानीय विपद तथा जलवायु उत्थानशिल कार्यढाचाँ निर्माणको लागि गरिएका विभिन्न उप–क्रियाकलापहरुको बारेमा परियोजना संयोजक विकले प्रस्तुतीकरण मार्फत जानकारी गराएका थिए । परामर्शदाता मार्फत निर्माण भएको कार्यढाँचाको खाकामाथि कार्यशालाका सहभागीहरुले छलफल गरेका थिए । मार्चन्ने उपाध्याय कार्यशालाका सहजकर्ता रहेका थिए भने, नगर विपद व्यवस्थापन शाखा प्रमुख सिर्जना वडुवाल कार्यक्रम संचालन गरेकी थिइन ।

नलगाड नगरपालिकाको आयोजनामा सम्पन्न भएको कार्यशालाले निर्माण गरेको कार्यढाचाँले नगरपालिकाको विपद र जलवायु परिवर्तन सम्बन्धिका सम्पूर्ण विषयबस्तुलाइ समावेश गरेको बताएको छ । हाल सम्म जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका पछि भेरी र नलगाड नगरपालिकामा यस्तो कार्यढाँचा निर्माण भएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले जनाएको छ ।

अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरुको शारीरिक पुनस्र्थापना तथा आर्थिक समावेशिता सेवामा “पहुँच वृद्धि” परियोजनाले अपाङ्गता, स्वास्थ्य तथा शारीरिक पुर्नस्थापना, जिविकोपार्जन, मानसिक स्वास्थ्य र जलवायु परिवर्तन न्युनीकरणका क्षेत्रमा विगतदेखि नलगाड र भेरी नगरपालिकामा काम गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्