जाजरकोट
दल्ली नगर अस्पतालले रिफर गरेकी एक सुत्केरी महिलाले सोमबार बाटोमै मृत शिशु जन्माएकी छन । रुकुमपश्चिमको मुसिकोट जिल्ला अस्पताल लिदै गरेकी सुत्केरी महिलाले जाजरकोटको भेरी नगरपालिका–१ रिम्नमा मृत शिशु जन्माएकी थिइन् ।
नलगाड नगरपालिका–१० ध्यारगाउँकी परिवर्तित नाम सपना थापालाइ आइतबार बेलुका बेथा लागेको थियो । बेथा लागेपछि मात्र अस्पताल जाने प्रचलनले सपनालाइ पछ्याइ रहेको थियो । बेथाले चापेपछि रातिनै स्टेचरमा राखेर सपनालाइ स्थानीय युवाहरुले चौखा स्वास्थ्य चौकीमा पु¥याएका थिए । भिडियो एक्सरे सेवा नभएको चौखा स्वास्थ्य चौकीले सपनालाइ दल्ली नगर अस्पतालमा रिफर गरेको थियो । आइतबार रातिनै रिफर गरिएको भएतापनि सपनालाइ दल्ली नगर अस्पतालमा सोमबार विहान नौ बजे पु¥याइएको थियो ।
दल्ली नगर अस्पतालमा भिडियो एक्सरे गरेपछि सपनाको पेटमा उल्टो बच्चा रहेको पत्ता लागेको नगर अस्पतालका डा. नविन ध्यारले जानकारी दिए । पेटमा उल्टो बच्चा भएको थाह पाएपछि सपनालाइ जाजरकोट जिल्ला अस्पतालमा रिफर गर्न खोजेका थियौं डा. ध्यारले भने–‘जाजरकोट जिल्ला अस्पतालमा डाक्टर नभएको थाहा पाएपछि चौरजहारी अस्पतालमा सम्पर्क ग¥यौं, चौरजहारी अस्पतालमा पनि डाक्टर नभएको जानकारी पाएपछि मुसीकोट जिल्ला अस्पतालमा सम्पर्क गरेका थियौं, मुसीकोट अस्पतालमा डाक्टर हुनु हुन्छ भन्ने खबर पाएपछि हामीले सपनालाइ मुसीकोट रिफर गरेका थियौं, एम्बुलेन्सले झक्याङझुकिङ गरायो होला, मुसीकोट लिदै गर्दा सपनाले रिम्नामा मृत शिशुलाइ जन्माकी रहिछन ।’
बाटोमै मृत शिशु जन्माएकी सपनालाइ रिम्नाबाटै फर्काएर दल्ली नगर अस्पतालमा पु¥याइएको छ । अहिले उनको उपचार नगर अस्पतालमै भइरहेको छ । स्वास्थ्यमा सुधार आएपछि सपनालाइ डिस्चार्ज गरिने नगर अस्पताल दल्लीले जनाएको छ ।
पेटमा बच्चा बसेपछि सपनाले पहिलो र दोस्रो गर्भजाँच जाजरकोट जिल्ला अस्पपतालमा गराएको भएतापनि तेस्रो र चौथो गर्भ जाँच नगराएको हुदा उनको पेटमा उल्टो बच्चा बसेको छ भन्ने विषयमा चिकित्सक र स्वास्थ्यकर्मीलाइ समयमै जानकारी हुन नसकेको बताइएको छ ।
सपना १६ बर्षिय सुत्केरी किशोरी भएको हुदा उनको नाम परिवर्तन गरिएको हो ।