News Portal

भेरी नगरपालिकामा ३९ जना सक्रिय संक्रमित

जाजरकोट
५०१ पटक

भेरी नगरपालिकामा सनिबार ३९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । कोरोना संक्रमित ५८५ जना मध्ये ५४० जनाले कोरोना जितेर डिस्चार्ज भएपछि सनिबार ३९ जना सक्रिय संक्रमित रहेका हुन् ।

कोभिड–१९ को दोस्रो लहरमा पिसीआर र एन्टीजेन बिधिबाट सनिबारसम्म नगरपालिकाका १३ वटै वडामा एक हजार ४४८ जनालाई कोरोना परिक्षण गरिएको नगर स्वास्थ्य शाखाका सह–संयोजक निशा थापाले जानकारी दिएकी छन् । पिसीआर बिधिबाट ५९८ जना र एन्टीजेन बिधिबाट ८५० जनालाई परीक्षण गरेका थियौं सह–संयोजक थापाले भनिन्–‘हामीले गरेको परीक्षणबाट ५८५ जनालाई कोरोना पुष्टि भएको थियो, जसमा ५४० जनाले कोरोना जितेर डिस्चार्ज भईसकेका छन ।’

सनिबार ३९ जना सक्रिय संक्रमित रहेको नगरपालिकाले सनिबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणमा हालसम्म थप उपचारको लागि ५ जनालाई रिफर गरिएको उल्लेख गरिएको छ । उपचारका क्रममा रहेका भेरी नगरपालिकाका ३ जना संक्रमितको मृत्यु भएको दैनिक प्रतिवेदन विवरणमा देखाईएको छ ।

प्रतिकृया दिनुहोस्